smart doko

झुटको पोल खोलिदिएको भन्दै सञ्चारमन्त्रीले टेलिभिजन कार्यक्रम बन्द गराए

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ जेष्ठ ३० बुधबार | प्रकाशित १८:१५:०२
झुटको पोल खोलिदिएको भन्दै सञ्चारमन्त्रीले टेलिभिजन कार्यक्रम बन्द गराए

काठमाडौं । विगत एक दशकदेखि निरन्तर रुपमा चल्दै आएको नेपाल टेलिभिजनको 'सिधा प्रश्न' कार्यक्रम बन्द गरिएको छ । सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको दबाबमा कार्यक्रम बन्द गरिएको कार्यक्रम प्रस्तोता राजु थापाले जानकारी दिए ।

हरेक शनिबार बेलुकी ८ बजेर ५० मिनेटमा प्रसारण हुँदै आएको उक्त कार्यक्रममा अन्तिम शनिवार मन्त्री बास्कोटालाई बोलाईएको थियो । कार्यक्रममा प्रस्तोता थापाले कडा प्रश्न सोधेको भन्दै मन्त्री बाँस्कोटाले कार्यक्रम बन्द गर्न दबाब दिएको बताए ।

मन्त्री बास्कोटाले अन्तर्वार्ता दिँदा झुट् बोलेको कुरा सामाजिक सञ्जालमा भाइरल भएपछि कार्यक्रम बन्द गरिएको थापाको दाबी छ । अन्तर्वार्तामा 'तपाईले श्रीमतीको माइतीबाट आएको १७ तोला सुन र ६० तोला चाँदी भनेर सम्पत्ति विवरणमा उल्लेख गर्नु भएको छ त ?' भन्दा सञ्चारमन्त्री बाँस्कोटाले उल्टै प्रश्नकर्ता थापाले झूट बोलेको भनेर दाबी गरेका थिए। उत्तिनै खेर थापाले सुन र चाँदी श्रीमतीको माइतीले दिएको भनेर सञ्चारमन्त्रीले नै बुझाएको सम्पत्ति विवरण पढेर सुनाएका थिए। त्यसपछि मन्त्रीले फेरि श्रीमतीलाई माइतीले दिएको भन्दै प्रस्ट्याउने कोसिस गरेका थिए।

थापाले भने, 'मेरो कार्यक्रम किन बन्द गरियो भनेर टेलिभिजन व्यवस्थापनले लिखित केही भनेको छैन। तर, टेलिभिजनका महाप्रबन्धक गोविन्द रोकाले तपाईको कार्यक्रम बन्द हुन्छ भनेर एक्कासी भन्नुभयो।'

रोकाको भनाइ उद्धृत गर्दै थापाले भने, 'सञ्चारमन्त्री तपाईंको अस्तिको कार्यक्रमदेखि फायर हुनुहुन्छ । हामीले तपाईको लागि केही गर्न सकेनौं। अब कार्यक्रम उत्पादन नगर्नुहोला।' तर, महाप्रबन्धक रोकाले भने विश्वकप फुटबल लाइभ गर्नु परेकोले कार्यक्रम बन्द गरिएको प्रतिक्रिया दिएका छन्।

थापा भने करार सकिनँ लागेपनि नेपाल टेलिभिजनले एक महिनाअघि नै जानकारी दिने र रिन्यु नहुन्जेलसम्म कार्यक्रम उत्पादन गर्न दिइराख्ने प्रावधान रहेको बताए । कार्यक्रम बन्द गरिएको विषयमा नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।

एक विज्ञप्ती जारी गर्दैै महासंघले मन्त्रीको दबाबमा कार्यक्रम बन्द गरिएको भए त्यो प्रेस स्वतन्त्रताको विरुद्धमा भएको जनाएको छ । मन्त्री बाँस्कोटाको उक्त कदमको चौतर्फी विरोध भईरहेको छ ।

 

धेरै पढिएको