पार्टी छोडेको २ वर्षपछि बाबुराम भट्टराईको यस्तो आग्रह (भिडियोमा)

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ जेष्ठ ३० बुधबार | प्रकाशित १८:३१:२५
पार्टी छोडेको २ वर्षपछि बाबुराम भट्टराईको यस्तो आग्रह (भिडियोमा)

नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले पार्टी छोडेर गएकाहरुलाई फर्कन आह्वान गर्नु भएको छ ।संयोजक भट्टराईले बुधबार पार्टी स्थापना दिवसको अवसर पारेर पार्टी छोडेर गएका नेता, कार्यकर्तालाई फर्कन आह्वान गर्नु भएको हो । उहाँले कम्युनिष्ट र काँग्रेस पार्टीले प्रतिगामी सोच लिएको दावी गर्दै अव बैकल्पिक शक्तिको रुपमा आफ्नो पार्टी अघि बढाउने उदघोष पनि गर्नु भयो ।

संयोजक भट्टराईले आधुनिक युग सुहाउँदो विचार आफ्नो पार्टीले लिएको दावी गर्दै अरु पार्टीहरु यथास्थितिबादी रहेको तर्क पनि गर्नु भयो । संयोजक भट्टराईले मुलुकलाई समृद्ध बनाउने एजेन्डा स्थापित गराउन आफूहरु सफल भएको दावी पनि गर्नु भयो ।

fasttrack
धेरै पढिएको