smart doko

मजदुरको चुँडिएको औंला यसरी जोडियो !

ताजा अपडेट
fast-track
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ असार १४ बिहीबार | प्रकाशित ०६:३५:२७
मजदुरको चुँडिएको औंला यसरी जोडियो !

काठमाडौं

नेपाल मेडिसिटी अस्पताल भैसेपाटीमा रिप्लान्टको माध्यमबाट एक कपडा उद्योगका मजदुरको चुडिएको औला शल्यक्रियाका माध्यमबाट जोडिएको छ ।

डा. संगम रायमाझि र डा. ज्योति रायमाझिको नेतृत्वमा गरिएको शल्यक्रिया झण्डै ४ घण्टा जारी रह्यो । दाँया हातको मेटाकर्पल जोर्नीमा मुख्य असर परेको बिरामीको सफल रिप्लान्ट पश्चात थप दुर्इ शल्यक्रिया र फिजियो थेरापी आवश्यक रहने डा. रायमाझिले बताएका छन् । केहि महिनामै हातले साविककै ढंगमा काम गर्न सक्ने चिकित्सकले बताएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मेडिसिटीमा आइपुग्दा सम्म ५ घण्टा ढिला भइसकेता पनि सफल उपचार सम्भव भएकोमा चिकित्सक रायमाझिले औद्योगिक क्षेत्रमा हुन सक्ने दुर्घटनामा घाइते भएकाहरुलाई रिप्लान्ट गर्न सकिने प्रशस्त सम्भावना रहेको बताए ।
नेपाल समाचारपत्रबाट

धेरै पढिएको