smart doko

हामी गुणस्तरीय सामग्री दिन्छौं

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ असार १४ बिहीबार | प्रकाशित १९:५४:३५
हामी गुणस्तरीय सामग्री दिन्छौं

सन् २०१४ देखि आफ्ना उत्पादनहरू लिएर नेपाली बजारमा आएको रोथो मेन्थोलाटमले छोटो समयमै नेपाली बजारमा आफ्ना उत्पादनहरुलाई लोकप्रिय बनाउन सफल भएको छ । जापानी प्रबिधिवाट उत्पादन हुने यसका उत्पादनहरु सौन्दर्य देखि स्वास्थसंग पनि जोडिएको छ ।

रोथो मेन्थोलाटनले नेपाली बजारमा भित्राएको सन्प्ले नेचुर सन्सक्रिनको अवसरमा उक्त कप्पनीका ब्राण्ड मेनेजर प्रदिप मण्डलसंग केन्द्रबिन्दुले गरेको कुराकानी ।

रोथो मेन्थोलाटम के हो ?
रोथो मेन्थोलाटम बहुराष्ट्रिय जापानिज कम्पनि हो । जापानमा स्थापना भएको रोथोको १ सय २० वर्षको इतिहास छ भने अमेरिकामा स्थापना भएको मेन्थोलाटमको १ सय बर्षको रहेको छ । यि दुबै संस्था मिलेर रोथो मेन्थोलाटम बनेको हो । अहिले हामी बिश्वका २ सय देशमा सक्रिय रहेकाछौ । यो कम्पनीका उत्पादनहरु एशिया लगायत अमेरिका, युरोप, अफ्रीकाका धेरै मुलुकहरुमा लोकप्रिय रुहेका छन् । विश्वको ७३ वटा देशमा रोथो मेन्थोलाटमको फ्याक्ट्री रहेका छन् । यो वाहेक हाम्रा केही उत्पादनहरु बिश्वको एक नम्बरमा पर्ने गरेको छ । हाम्रो कम्पनीले उत्पादन गर्ने औषधी, त्यसमा पनि आँखा सम्बन्धि रोगहरुका लागि हामी विश्वकै १ नम्बरमा रहेका छौं ।

रोथो मेन्थोलाटमको उत्पादनहरु के कस्ता छन् ?
रोथोले फर्मास्युटिकल्स र कस्मेटीक दुबै उत्पादन गर्ने गर्छ । रोथो को आफ्नै इतिहास रहेको कारण हामी सेमी मेडिकेटेड प्रडक्ट र नेचुरल प्रडक्ट पनि उत्पादन गर्छौ । कस्मेटीक प्रडक्टमा हामीसंग सन्स्क्रीम, फेसीयल क्रिम, लगायत अन्य क्रिमहरू रहेका छन् भने फर्मास्युटिकल्समा हामीसंग आई ड्रप, रब बामहरु रहेको छ । त्यसमा पनि हामीले हालै न्यू रोथो आई ड्रपलाई बजारमा ल्याएका छौ ।

नेपाली बजारमा यस्को भविष्य कस्तो देख्नुहुन्छ ?
नेपालमा रोथोका उत्पादनहरु चर्चित नभएपनि थोरै रहेका प्रयोगकर्ताहरुले भने निकै रुचाउनु भएको हामीले पाएका छौं । अहिले नेपालमा हाम्रा १२ वटा प्रडक्टहरुलाई बजारमा उपलब्ध गराएका छौं । हामी सन् २०१४ देखी मात्र नेपाली बजारमा आएको कारण हाम्रो मार्केट राम्ररीनै अगाडी बढीरहेको छ । भविष्यमा पनि अरु देशहरूमा जस्तै नेपालमा पनि हामी पहिलो नम्बरमा पुग्ने छौं ।

हालै बजारमा आएको नयाँ प्रडक्टको वारेमा केही बताईदिनु न ?
हामीले हालै नेपाली बजारमा सनप्ले सनस्क्रीनलाई ल्याएका हौं । यो पूर्णरुपमा प्रकृतिक उत्पादन हो । म्यानमारमा निकै नै चर्चित छ थानाका । यहाँका स्थानिय मानिसहरु सनस्क्रीनको लागि त्यसैको प्रयोग गर्छन् । हामीले उनीहरुले प्रयोग गर्ने थानाकामा रहेको मुख्य इन्ग्रेडियन्टलाई लिएर यो क्रिम उत्पादन गरेका हौं । एकदमै उच्च प्रविधिको प्रयोग गरेर तयार पारिएको सनस्क्रीनलाई हामी शतप्रतिशत प्राकृतिक छ भन्छौं । यसमा हामीले कुनै पनि किसिमको रसायन मिसाएका छैनौ । यही कारणले पनि हाम्रा उत्पादनहरु अरुको भन्दा फरक भएको पनि हो ।

केमिकल समावेस छैन भन्नु हुन्छ तर यो एस पि एफ ५०, रसायन हैन र ?
होइन । थानाकामा यो एस पि एफ प्राकृतिक रुपमै पाइन्छ । हामीले त्यसैलाई प्रयोग गरेका हौं । जसलाई हामीले उच्च प्रविधिको प्रयोग गरेर प्याकेजिङ गरेका हौं ।

तपाईहरुको उत्पादन नेपाली बजारमा कत्तिको खरिद गर्न सकिने किसिमको रहेको छ ?
हामी हाम्रा उत्पादनहरूलाई बिक्रि गराउदा ग्राहकलाई पैसामा भन्दा पनि गुणस्तरमा ध्यान दिन लगाउछौं । मलाई लाग्छ राम्रो गुणस्तर भएको सामग्री प्रयोग गर्न पाईयो भने ग्राहक पैसा खर्च गर्न हिचकिचाउदैनन् । म भन्दिन हाम्रो प्रडक्ट सस्तो छ भनेर तर पक्कै पनि गुणस्तरमा भने अगाडी छ । यो सजिलै नेपाली बजारमा उपलब्ध पनि रहेको छ । 

fasttrack
धेरै पढिएको