smart doko

यि हुन् संसारकै सुन्दर बडी बिल्डर मोडल

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ असार १६ शनिबार | प्रकाशित १६:२५:२५
यि हुन् संसारकै सुन्दर बडी बिल्डर मोडल

एजेन्सी । पछिल्लो समय सामाजिक सञ्जालमा एक बडी बिल्डर महिला चर्चामा छिन् । डेनमार्ककी फिटनेस मोडल मिया स्याण्ड सामाजिक सञ्जालमा भाईरल नै बनिरहेकी छन् ।

मिस मिया फिटको नामले चिनिएकी ३१ वर्षीया मियाको इन्स्टाग्राममा नै ८ लाख ३७ हजारले फ्लो गर्दछन् । सामाजिक संजालमा उनको लोकप्रियता यतिसम्म कढेको छ कि उनको इन्स्टाग्राममा फलोअर अत्यन्तै तीब्र गतिमा बढेका छन् ।

यतिबेला उनी ५ महिनाकी गर्भवती छिन् । यिनले करोडौं कमाउँदै आएकी छन् । फोटोमा हेर्दा कसैले पनि अनुमान गर्न सक्दैन कि उनको तौल ८० किलो छ । उनको शरीरको तौल उनको उचाइको कारण पनि बढी छ ।

उनी ५ फिट ७ इन्चकी छिन् । मियालाई पहिलेदेखि नै बडी बिल्डिङको सोख थियो । त्यसैले मियाले हाइस्कुल सकेपछि नै जिम जान सुरु गरेकी थिइन् । त्यसपछि लगातार जिम वर्कआउट गरिरहेकी मिया पछि फिटनेस ट्रेनर हुँदै मोडल बनेकी हुन् ।

 

fasttrack
धेरै पढिएको