smart doko

ओइली कपालको चिपचिपाहट समस्याबाट दिक्क हुनुहुन्छ ? जान्नुहोस यी ५ उपाय

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ असार १८ सोमबार | प्रकाशित १७:४८:४३
ओइली कपालको चिपचिपाहट समस्याबाट दिक्क हुनुहुन्छ ? जान्नुहोस यी ५ उपाय

जब तपाई स्याम्पु प्रयोग गर्नु हुन्छ, तब तपाईले आफ्नो कपाल केहि समयको लागि नरम र मुलायम महशुस गर्नुहुन्छ । तर त्यसको २–३ दिन पछि नै तपाईको कपाल फेरी ओईली हुन थाल्छ । जब पानी पर्ने मौसम हुन्छ, यो समस्या झन् बढ्दै जान्छ अनि कपाल पहिले जस्तै तेल आउने हुन्छ ।

पानी पर्ने मौसममा प्रायः कपालमा चिपचिपाउने समस्या देखिन थाल्छ । यो समस्या चिस्यानको कारणले झन् उत्पन्न हुन्छ । विषेश गरी ओईली कपालमा झन बढी तेल आउने हुन्छ । त्यसो हो भने आउनुहोस कपालको हेरचाहका लागि केही सुझावहरु जान्नुहोस जसले गर्दा तपाईले चिपचिपाहट कपालबाट राहत पाउनु हुनेछ ।

१) पानी पर्ने सिजनमा, तेल ग्रंथिहरु अधिक सक्रिय हुन्छन्, जसले गर्दा टाउकोको छालामा चिपचिप हुन्छ र कपाल टासिने हुन्छ । यसमा, कपालको सफाई गर्न र हरेक दिन स्याम्पुको प्रयोग गर्नमा विशेष ध्यान दिनुहोस ।

२) कपालको लागि हल्का स्याम्पु प्रयोग गर्नुहोस् । यसबाहेक, तपाईले कागतीको रसलाई मगमा राखी यसलाई स्याम्पु प्रयोग गरिसकेपछि कपालमा लगाउनुहोस् । यसले कपाल चम्किलो बनाउँछ र चाँया आउन दिनेछैन ।

३) कपालको अधिक चिपचिपाहट हटाउनको लागि, तपाई बेशन र दही मिलाएर कपलाको जरासम्म पुग्ने गरेर लगाउनुहोस् । त्यो लगाई सकेपछि हल्का मालिश गर्नुहोस् र सफा पानीले पखाल्नु होस् ।

४) गुलाबजललाई कपासको सहायताले कपालको जरामा लगाउनुहोस, यसले अतिरिक्त चिपचिपाहट कम गराउँदछ । यसबाहेक ३ चम्चा बेसन, २ चम्चा अमला पाउडर, एक चम्चा भिनेगर र केही स्ट्राँबेरीहरु धुलो बनाई एकसाथ घोलेर राम्रोसँग कपालमा लगाउनुहोस, करिब आधा घन्टा राखेपछि पखाल्नुहोस ।

५) कपालमा स्याम्पु प्रयोग गर्नुअघि एक घण्टा पहिले अण्डाको सेतो भाग प्रयोग गर्न सक्नुहुन्छ । यसको गन्धबाट बच्नको लागि, तपाई यसमा थोरै कागती मिलाउन सक्नुहुन्छ । यो कपालको कंडीशनरको लागि एक राम्रो विकल्प हो ।

fasttrack
धेरै पढिएको