smart doko

अब भारतले पनि सुरक्षित साथ अन्तरिक्षमा मानिस पठाउन सक्ने

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ असार २२ शुक्रबार | प्रकाशित १३:४०:३९
अब भारतले पनि सुरक्षित साथ अन्तरिक्षमा मानिस पठाउन सक्ने

एजेन्सी । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले मानव मिसनको दिशामा एक ठुलो उपलब्धि हात पारेको बताएको छ । इसरोले क्रु एस्केप सिस्टमको सफल परिक्षण गरेको छ । जसले अन्तरिक्षमा गएका यात्रीहरुलाई सुरक्षित घर फर्काउने काम गर्छ । उक्त परिक्षण सफल भएपछि भारतले मानव सुरक्षा सम्बन्धि ठूलो सफलता हात पारेको बताएको छ ।

क्रु एस्कोपले अन्तरिक्षमा गएका मानिसहरु समस्यामा परेको बेला उनीहरुलाई सुरक्षित गन्तव्यमा पुर्‍याउने काम गर्छ । यो भन्दा पहिले मात्र ३ देश अमेरिका, रुस र चीनमा रहेको थियो । अब भने भारत पनि क्रु एस्कोप बनाउन सफल चौथो राष्ट्र भएको छ ।

श्री हरिकोटा सतिस धवन अन्तरिक्षमा १२.६ टन तोल भएको क्रु स्केप सिस्टमको परिक्षण गरिएको हो । यो परिक्षण २५९ सेकेन्डमा सफलता पूर्वक सफल भएको थियो । यस दौडमा क्रु माड्युलका साथमा क्रु एस्कोप सिस्टम आकाशमा उड्यो ।

हरिकोटा अन्तरिक्षबाट २.९ किमि उडेपछि बँगालको खाडिमा प्यारासुटको मद्दतबाट क्रु माड्युल फर्किएका थिए । इसरोका लागि यो सफलता निकै ठुलो रहेको बताइएको छ । भारतले अब ढुक्क भएर अन्तरिक्षमा आफ्ना नागरिक पठाउने भएको छ । यो भन्दा अगाडि भारतसँग सुरक्षा नभएको कराण अन्त्रिक्षमा मानिस पठाउन सकेका थिएन् ।

fasttrack
धेरै पढिएको