smart doko

कतारमा देखिएको अभुतपुर्व एकता

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ असार २३ शनिबार | प्रकाशित १७:४३:११
कतारमा देखिएको अभुतपुर्व एकता

देश अप्ठेरो अवस्थामा हुँदा सर्वसाधारण जनताले आफ्नो स्थानबाट सरकारलाई कसरी सहयोग गर्ने भन्ने उदाहरण बुझ्नको लागी कतारमा देखिएको एकतालाइ एक पटक बुझ्नै पर्ने हुन्छ । अझ हामी जस्तो भूपरिवेष्ठित देशका जनताले त यो बिषयमा पटक पटक अनुभव समेत संगालेका छौं। कुटनैतिक मर्यादालाई कुल्चेर भारतले हामीलाइ पटक पटक नाकावन्दी लगाउदै आइरहेको समेत छ। हामीले पनि त्यो समयमा हाम्रो सरकारको सक्दो सहयोग गरेका थियौं। देशलाई परेको अप्ठेरो कारणले हामीमा पनि अभुतपुर्व एकता देखिएको थियो।

बिगत एक बर्षदेखि खाडी मुलुक कतार पनि त्यहि समस्याबाट गुज्रिरहेको छ। भारतले गरेको नाकाबन्दीमा हामीलाई इन्धनको आपूर्तिले सबैभन्दा समस्या पारेजस्तै कतारलाई भने खाद्यान्नको आपूर्तिमा आएको रोकावटले ठूलो समस्या पारेको थियो। खाद्यान्न पछाडी निर्माण सामाग्रीको आपूर्तिमा भएको रोकावटले कतारको बिकास लक्षनै असफल हुन्छ कि भन्ने शंका ब्याप्त थियो।

तर अहिले अवस्था फरक छ । कडा नाकावन्दीको बाबजुद पनि कतारका सुपर मार्केटहरु हरियो तरकारीले भरिभराउ छन। सरकारले आफ्नो जनसंख्यालाइ निश्चित समय सम्म पुग्ने गरि खाद्यान्न स्टोर गरिएको घोषणा गरेको छ। नाकावन्दीको कारण खाद्यान्न उपलब्ध नभएको या मूल्य आकाशिएको हल्ला चलिरहे पनि बजारको अवस्था बाहिर आए जस्तो छैन। ठुला सुपरमार्केटहरुमा खाद्यान्नको मुल्य लगभग स्थिर छ। साना पसूहरुमा मुल्य बढ्ने सम्भावनालाई मध्यनजर राखेर नियमित अनुगमनका कामहरु भईराखेका छन।

अनुगमन कमजोर भयो र मूल्य बढ्यो अथवा कालोबजारीको कारणले मुल्यमा बढोत्तरी भयो भने सबै भन्दा मारमा मजदुरहरु प्रभावित हुनेछन। किनकी अधिकांश मजदुर हरु दैनिक आवस्यकताका सामान हरुको लागी साना पसल हरुमै निर्भर छन।मजदुर हरुलाई सम्भावित मूल्यवृद्दीले आशार नगरोस र कानुन बिपरित ब्यापारी हरुले उपभोक्ता हरुला ठग्न नसकुन भनेर सरकार द्वारा बिशेष अभियानहरु संचालन गरिएको छ।

खाद्यान्न उत्पादनमा समेत आत्मनिर्भर हुने उद्यश्यका साथ् ठूल्ठूला गाइ फर्महरु संचालनमा ल्याइएको छ। दक्षिणी सुडानमा कृषि उत्पादनमा लगानी गर्ने र त्यहाँ बाट खाद्यान आपूर्ति गराउने सम्बन्धमा निर्णय भई काम अगाडि बढाईसकिएको कुरा पत्र पत्रिकाहरुले छापेका छन्।

नाकावन्दी लगत्तै कन्ट्रक्सन कम्पनीहरुले निर्माण सामाग्री किन्न नपाएर रोकिएका कामहरु केही समय पश्चात नै सुचारु भईसकेका छन्।ठूला रोड निर्माणका कामले पुनः लय समातेका छन्। सरकार आपूर्ति ब्यबस्था लाइ सुचारु गराउन युद्दस्तरमा जुटेको छ।

जनताको भरोसा र लगानीकर्ताको धैर्यता कायम रह्यो भने ठुला भन्दा ठुला समस्या बाट पनि सजिलै पार पाउन सकिने रहेछ भन्ने कुरा कतारको नाकावन्दि पछिको अवस्थालाइ हेर्दा सजिलै बुझ्न सकिन्छ।आम सर्वसाधारण र ब्यापारीहरुले समेत कतार सरकार बिशेष गरि राजालाई अभुतपुर्व रुपमा समर्थन गरेका छन् र नाकावन्दीको बाबजुद कतारले पहिले प्रक्षेपण गरेको बिकाश लक्ष्यलाई पुरा गर्नेछ भन्ने कुरामा अब शंका गर्नुपर्ने कुनै कारण देखिदैन।

यहाका जनताहरु र बाहिरका आम लगानीकर्ताहरुले सरकार प्रति गरेको भरोसा र गरेको सहयोग देख्दा अचम्मै परिन्छ । के ठूला के साना सबै कम्पनीहरुले राजाको समर्थनमा हस्ताक्षर् अभियान चलाएका छन्। “राजा तिमीलाई मेरो समर्थन छ” भन्ने ब्यानर बनाएर सार्वजानिक स्थलमा लगाएका छन्। हरेक कार्यालयहरुमा हस्ताक्षर् संकलनको अभियान चलाइएको छ। देशलाई परेको अफ्ट्यारो परिस्थितिसंग जुध्न र सामना गर्नलाई राजाको नाममा ऐक्यवद्दता ब्यक्त गरिएको छ।

हरेक यातायातको साधनमा राजाको फोटोको लोगो बनाएर टासिएको छ। कतारी राजाको अरु संग नझुक्ने अभियानमा देशकै सबैभन्दा ठुलो दुरसंचार सेवा प्रदायक कम्पनी क्युटेल (ओरेडो) ले आफ्नो सर्भिस नाम र ब्राण्ड नाम नै परिवर्तन गरेर राजाको नाम गरिदिएको थियो। टेलिफोन सेटका स्क्रिनहरुमा राजाको फोटो अंकित लोगो राखेर राजाका काम प्रति ऐक्यवद्दता जनाइएको छ।

हरेक ब्यांक, व्यापारिक कम्प्लेकस, पार्क या समुद्र किनार जताततै राजाको फोटो लगाएर त्यहाँ राजाको समर्थनमा ऐक्यवद्दता जाहेर गर्न हस्ताक्षर् संकलन गरेको छ। कार्यालय र घरहरुमा आइपर्ने सानातिना अभावहरुलाई “नाकावन्दीको कारण सृजीत अभाव” मानेर त्यहि किसिमले ति समस्याहरुलाई ग्रहण गर्ने र समाधान गर्ने अभ्यास सुरु गरिएको छ।

कतार सरकारले सन् २०२२ मा यहाँ हुन गईरहेको विश्वकप फुटवल लक्षित संरचना हरुको निर्माणमा हुन सक्ने ढिलाई लाइ सम्बोधन गरिसकेको र निश्चित समयमा तत सम्बन्धि संरचनाहरुको निर्माण कार्य जुनसुकै मुल्यमा पनि सम्पन्न गरिसक्ने घोषणा सरकारले गरिसकेको छ। त्यहि रफ्तारमा निर्माण कार्य पनि भईरहेको छ।

यस किसिमको अभुतपुर्व नागरिक एकता र समर्थन प्राप्त गरेपछि नाकावन्दिलाई परास्त गर्न थप बल पुगेको अनुभूत गर्न सकिन्छ। खाद्य सामाग्रीको आपूर्ति सुचारु भएपछि नाकावन्दी लगाएका देशबाट आएका सामानको स्टक चाँडो भन्दा चाडो सक्याउने अथवा त्यसलाई नष्ट गर्ने र ति देशका उत्पादनहरु बजारमा नराख्ने घोषणा समेत सरकारले गरेको छ।एक किसिमको चुनौती जस्तो, यदि उनीहरु हामीलाई नाकावन्दी गर्छन भने हामीहरु पनि उनीहरुका उत्पादन बिना नै देश संचालन गर्न सक्छौं भन्ने आत्मबल कतार सरकारले प्रस्तुत गरेको छ।

अप्ठेरो समय र प्रतिकुल परिस्थितीका वाबजुद कतार सरकारले प्रदर्शन गरेको धैर्यता अनुकरणीय समेत छ ।

fasttrack
धेरै पढिएको