smart doko

चकलेट खाँदा हानी पुर्‍याउँछ भन्ने भ्रममा हुनुहुन्छ ? हो भने हटाउनुहोस् !

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ असार २४ आईतवार | प्रकाशित १९:३१:२९
चकलेट खाँदा हानी पुर्‍याउँछ भन्ने भ्रममा हुनुहुन्छ ? हो भने हटाउनुहोस्  !

काठमाडौं । प्राय चकलेटलाई लिएर यो भ्रम छ कि यो स्वास्थ्यको लागि हानीकारक हुन्छ । तर यो गलत हो, चकलेटको धेरै फाइदाहरु रहेका छन् । डार्क चकलेट ह्वाईट चकलेट भन्दा निकै राम्रो र फाइदाजनक हुने धेरै अनुसन्धानले पत्ता लगाएको छ ।
चकलेटका फाइदाहरु: 

१) ब्लड प्रेसर नियनत्रण गर्छः
हार्वड विश्वविद्यालयमा भएको रिर्सच अनुसार चकलेटले हाइ ब्लड प्रेसर हुनेहरुलाई निकै फाइदा गर्छ । यसले बीपी कम गर्नुको साथै मुटु रोगबाट पनि बचाँउछ । यो डाइटको रुपमा खानाले नाइट्रिक अक्साइडको स्तर बढ्छ र बीपीको लेवल घट्छ ।

२) कोलेस्ट्रोलको लेवल घटाउँछः
एक रिर्सच अनुसार चकलेटलाई थोरै मात्रामा खानाले यसले नराम्रो कोलेस्ट्रोललाई घटाउँछ साथै राम्रो कोलेस्ट्रोललाई बढाँउछ ।

३) मेन्टल हेल्थ राम्रो हुन्छः
चकलेटले मानसिक रोगबाट बचाँउछ । २०१२ मा यूनिभर्सिटी अफ नोटिंघममा भएको एक रिर्सचका अनुसार डार्क चकलेटले खास गरि मस्तिष्ममा राम्ररी ब्लड फ्लो गर्न मद्दत पुर्‍याउँछ । यसले मेमोरी पावर समेत बढाउँछ ।

४) भोक कन्ट्रोल गर्छ
कोही मानिस जसलाई धेरै भोक लाग्छ र तौल बढ्छ भनेर चिन्तित छन् उनीहरुले दिनमा दुई पटक जति चकलेटको बाइट लिँदा राम्रो हुन्छ । यसमा मोनोसेचुरेटेठ फ्याक्टी एसिड हुने भएकोले फ्याट वर्न गर्छ र तौल पनि घटाउँछ ।

५) प्रेग्नेन्सीको समयमा बढी खानेः
गार्भवती महिलाले प्रेग्नेन्सीको समयमा चकलेट खाँदा बच्चालाई फाइदा हुन्छ । प्रेग्नेन्सीको समयमा गर्भवती महिलाले चकलेट खानाले उसको स्ट्रेस पनि कम हुन्छ ।

fasttrack
धेरै पढिएको