smart doko

चलचित्र 'कथा काठमाडौं' को पोष्टर सार्वजनिक

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ असार २५ सोमबार | प्रकाशित १५:०५:२१
चलचित्र 'कथा काठमाडौं' को पोष्टर सार्वजनिक

काठमाडौं । चलचित्र ‘कथा काठमाडौं’ को पोष्टर सार्वजनिक भएको छ । संचारकर्मी संगिता श्रेष्ठको लेखन तथा निर्देशनमा यो चलचित्र बन्न लागेको हो । यो चलचित्रमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या जोसी, प्रेक्षा अधिकारी र प्रमोद अग्रहरिको मूख्य भूमिका रहेको छ ।

यस चलचित्र प्रेम कथामा आधारित हुनेछ । श्रेष्ठले कथा प्रेमका, कथामा अल्जिएको प्रेम लगायतका थुप्रै सिरिजहरु निर्देशन गरिसकेकी छिन् । ‘कथा काठमाडौ’ असोज १२ गते प्रदर्शनमा आउने छ । 

चलचित्रमा काठमाडौमा विभिन्न पात्रको चाहना, संघर्ष, लक्ष्य, सपना, प्रेम, सम्बन्धलगायतका विषयवस्तु समेटिएको छ ।

पोस्टरमा तीन जोडीलाई लुस्ट (यौन चाहना), लब (प्रेम) र लाइफ (जीवन) को थिममा प्रस्तुत गरिएको छ । विजय राई निर्माता रहेको फिल्मलाई लुजा सिंहले खिचेका हुन । मित्र गुरुङले सम्पादन गरेको फिल्म निर्देशक संगीता आफैले लेखेकी हुन् । उनले फिल्म अलि फरक कथा र प्रस्तुतिमा रहेको बताउने गरेकी छिन् ।

fasttrack
धेरै पढिएको