smart doko

मूगको दालको रस खाँदा यस्तो फाईदा

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ असार २५ सोमबार | प्रकाशित १८:२३:४९
मूगको दालको रस खाँदा यस्तो फाईदा

काठमाडौं । मूगको दाल स्वास्थ्यको लागि निकै फाइदाजनक हुन्छ । मूगको रस दिनँहू खानाले धेरै रोगहरु लाग्नबाट बचाँउछ । मूगलाई दालको रानी पनि मानिन्छ । यो दाल १० दिन सम्म लगातार खानाले तौल घटाउनुको साथै शरिरमा भएको टोक्सिन पनि बाहिर निकाल्छ ।
मूगको रसका फाईदाहरुः

) यसमा प्रोटिन, फ्लेवोनाईड्स पाईनुका साथै यसले शरिरलाई पोषण दिन्छ ।
२) यसमा भारी मात्रामा अल्कलाइन, मिनेरल जस्तैः क्यालसियम, पोटासियम र सोडियम पाइन्छ ।
३) दालमा प्रोटिन्स, भिटामिन–सी धेरै मात्रामा हुन्छ साथै डार्यटी फाइबर पनि पाईनछ ।
४) याद राख्नुस की दालसँग दूध, दहि, चीज नखानुस, बरु यसलाई दालमै हालेर बनाउन सकिन्छ ।
५) दुई मुठी मूगको दाललाई एक लिटर पानीमा गिलो बनाएर अर्को दिन खाँदा यसले भरपुर तागत दिन्छ ।
६) यो दाल फ्रिजमा राखेर खाँदा पनि स्वास्थ्यमा असर गर्दैन ।
७) मूगले लिवर, गाल ब्लेडर र रगत सफा पार्नुको साथै शरिरलाई उर्जा समेत प्रदान गर्छ ।
८) यसले पसिनाको कारण इमिन्यू सिस्टममा आउने गडबडीलाई कम गर्छ । मूगको दाल सजिलै पचाउँन सकिन्छ साथै शरिर तथा दिमागलाई पनि स्वास्थलाई राख्छ ।

fasttrack
धेरै पढिएको