smart doko

मदन पुरस्कारका लागि आठ पुस्तक छनोट

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ असार २६ मंगलवार | प्रकाशित ०६:३९:१०
मदन पुरस्कारका लागि आठ पुस्तक छनोट

काठमाडौं

मदन पुरस्कार गुठीले २०७४ सालको मदन पुरस्कारका लागि आठ वटा पुस्तक छनोट गरेको छ । गुठीका अध्यक्ष कुन्द दीक्षितले सोमबार विज्ञप्ति मार्फत पुरस्कारका लागि पुस्तक छनोट गर्न गठित समितिको सिफारिसमा आठ पुस्तकको नाम छनोट गरिएको जानकारी दिएका हुन् ।

समितिले आफूलाई प्राप्त दुई सय ५३ पुस्तक मध्ये आठ पुस्तक छनोट गरेको हो । गुठीले गत वर्ष देखि छनोटमा परेका पुस्तकको सूची दिन थालेको छ ।

छनोटमा परेका पुस्तकमा ध्रुवसत्य परियारको ‘कैरन’, सरस्वती प्रतीक्षाको ‘नथिया’, तीर्थ गुरुङको ‘पाठशाला’, यज्ञशको ‘भुइयाँ’, नयनराज पाण्डेको ‘यार’, नीलम कार्की ‘निहारिका’ को ‘योगमाया’, राज माङ्लाकको ‘लिम्बूनी गाउँ’ र मोहन वैद्य ‘किरण’ को ‘हिमाली दर्शन’ छन् । आठ मध्ये एक पुस्तकलाई सर्वश्रेष्ठ घोषणा गरी २०७४ सालको मदन पुरस्कार प्रदान गरिने छ । रासस

fasttrack
धेरै पढिएको