smart doko

'विद्यार्थीहरुको यो सफलता नै हाम्रो उपलब्धि हो': निर्देशक पाण्डे

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ असार २६ मंगलवार | प्रकाशित ११:१७:१०
'विद्यार्थीहरुको यो सफलता नै हाम्रो उपलब्धि हो': निर्देशक पाण्डे

नयाँ बानेश्वरको संखमुलमा अवस्थित कोलम्बस कलेज उच्च शिक्षा अध्ययनका लािग भरपर्दो स्थान हो । २००५ मा स्थापना भएको यस कलेजले विद्यार्थीहरुलाई उत्कृष्ट शिक्षा प्रदान गर्दै आएको छ । उत्कृष्ट नतिजा दिन सफल यस कलेजमा भौतिक पूर्वाधार कस्तो छ ? कुन कुन संकायमा अध्ययन अध्यापन गराइन्छ ? उरु कलेजभन्दा किन भिन्न छ भन्ने विषयमा कलेजका निर्देशक कृष्ण हरि पाण्डेसँग कुराकानी गरेका छौँ ।

प्ल्स टु र ब्याचुलरमा गरेर कति विद्यार्थी लिने गर्नुभएको छ ?

हामीले प्लस टु लेबलमा ५ सय ५० र ब्याचुलर लेवलमा १ सय ५० विद्यार्थीहरुको भर्ना लिने गरेका छौं । र सोही अनुसार अध्ययन अध्यापन पनि गराउँदै आएका छौं ।

कोलम्बस कलेजमा कुन कुन संकायको पढाई हुन्छ ?

कोलम्बसले प्लस टुमा विज्ञान संकाय, मानविकी संकाय र व्यवस्थापन संकायमा अध्ययन अध्यापन गराउँदै आएको छ भने । ब्याचुलरमा लेवलमा बिज्नेस स्टडिज विषयमा अध्ययन अध्यापन गराउदै आएका छौ । कोलम्बस कलेजले नेशनल एजुकेसनले डिजाइन गरेको पाठ्यक्रम र हामी आफैले डिजाइन गरेको पाठ्यक्रम इन्टिक्रेटेट मोडलमा विद्यार्थीहरुलाई पढाउदै आएका छौँ । प्लस टु लेवलबाट नै यहि विधिको अध्यापन हुने भएकाले हाम्रा विद्यार्थीहरुलाई माथिल्लो तहमा पनि सजिलो होस भन्ने हो ।

कलेजका के के विषेषताहरु छन् ?

विद्यार्थीहरुलाई चाहिने एकेडेमिक एक्सिलेन्सको सवालमा हामी पहिल्यै देखि तयारी गर्छौ । अतिरिक्त क्रियाकलापहरु पनि हामीले भरपुर मात्रामा विद्यार्थीहरुलाई गराउदै आएका छौँ । पाठ्यक्रममा आधारित भएर पनि विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा सहभागि गराउँदै आएका छौं । त्यस्तै खेलकुद र अन्य क्रियाकलापहरु सहभागिता छ । हामी विद्यार्थीहरुलाई इन्टरनेशनल एजुकेशन सम्बन्धि जानकारी कलेज भित्रै दिन्छौ ।

कलेजका उपलब्धि केके छन ?

हाम्रा विद्यार्थीहरुले बाहिर गएर विभिन्न क्षेत्रबाट हासिल गरेको प्रगति नै हाम्रो उपलब्धि हो । एम्आईटी, राइस कर्नेज जस्ता बिश्वका अन्य टप युनिभर्सिटिमा पनि हाम्रा विद्यार्थीहरुले स्कलरसिपमा नाम निकालेर पढ्न सक्षम भएका छन । हामीसँग पढेका विद्यार्थीहरु अहिले स्वदेश तथा विदेशका विभिन्न ठुला निकायहरुमा सहभागि बनेका छन् । हरेक हाम्रा विद्यार्थीहरुको यो सफलता नै हाम्रो उपलब्धि हो ।

कोलम्बसलाई उत्कृष्ट कलेज भन्ने आधार के ?

कोलम्बसले आज सम्म दिएको शिक्षा र यहाँ पढेका विद्यार्थीहरुले पाएको सम्मान अनि गरेको प्रगतिले नै म कोलम्बसलाई उत्कृष्ट कलेज भन्न सक्छु । अहिलेसम्म कलेजले गरेको प्रगति र पाएको सम्मान नै कोलम्बसको लागि सफलता र उत्कृष्ट कलेजको नमुना हो ।

fasttrack
धेरै पढिएको