smart doko

कृष्ण पहाडी सहित एक दर्जन मावनअधिकारकर्मी पक्राउ (भिडियोसहित)

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ असार २६ मंगलवार | प्रकाशित १६:४५:५३
कृष्ण पहाडी सहित एक दर्जन मावनअधिकारकर्मी पक्राउ (भिडियोसहित)

मानव अधिकारीकर्मीहरुले स्वतन्त्रताको रक्षा गर्न सरकारसँग अपिल गर्दै मंगलबार सिंहदरबारको दक्षिण गेट अगाडि एक घण्टा धर्ना दिएका छन । सरकारले काठमाडौंको विभिन्न स्थानमा निषेधित क्षेत्र तोक्नेलगायतका निर्णय गरेपछि त्यसको बिरोधमा दैनिक प्रर्दशन गर्दै आएका मानव अधिकारकर्मीहरुले मंगलबार एक घण्टा सिंहदरबारको दक्षिण गेटअघि धर्ना दिएका हुन ।

सरकार स्वेच्छाचारी बन्दै गएपछि त्यसलाई रोक्न विरोध प्रर्दशनमा उत्रनु परेको मानव अधिकारकर्मी कृष्ण पहाडीले जानकारी दिनु भयो । उहाँले सत्याग्रह प्रतिकूल र हिंसाप्रति नरम हुने खालको सरकारको व्यवहार देखिएको भन्दै आपत्ति पनि जनाउनु भयो ।

यसैबीच, निषेधित क्षेत्र तोडेर धर्नामा सहभागी भएका पहाडीसहित एक दर्जन बढि मानव अधिकारकर्मीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मानव अधिकारकर्मीहरुले वरिष्ठ चिकित्सक गोविन्द केसी र गंगामाया अधिकारीको जीवन रक्षा गर्न समेत सरकारको पटक–पटक ध्यानाकर्षण गराउँदै आएका छन ।

fasttrack
धेरै पढिएको