smart doko

चलचित्र 'नाई नभन्नू ल ५' को ट्रेलर सार्वजनिक

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ असार २६ मंगलवार | प्रकाशित १७:२३:२५
चलचित्र 'नाई नभन्नू ल ५' को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘नाई नभन्नू ल ५’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । मंगलवार दरवार मार्गस्थित द राइजिङ मलमा टे«लर रिलिज गरिएको हो । चलचित्र भदौ ८ गते देखि प्रदर्शनमा आउने भएको छ । चलचित्रलाई विकाश राज आचार्यले निदेशन गरेका हुन् ।

चलचित्रमा नायिका प्रियंका कार्की, स्वस्तिमा खड्का, अभिषेक नेपाल, बाल कलाकार अनुभव रेग्मी र सेड्रिना शर्माको मुख्य भूमिका रहेको छ भने उत्तम केसी, केकी अधिकारी, निरुता सिंह, दिलिप राइमाझी, बुद्धि तामाङ लगायतका कलाकारहरुलाई पनि देख्न सकिन्छ ।

चलचित्रमा वसन्त सापकोटाको संगित, अर्जुन जिसिको सम्पादन, कवि राज घट्टराजको कोरियोग्राफी, मुकेश शाहको लिपसिङ र समिपय राज तिमल्सिनाको लेखन रहेको छ । चलचित्रको निर्माता हरिबोल भण्डारी र गौरी राज जोसीे रहेका छन् भने कार्यकारी निर्मातामा दिनेश पोख्रेल, पुरुषोतम प्रधान, विष्णुमणि दाहाल रहेका छन् ।

नाई नभन्नू ल ५ बाट नायकको रुपमा अभिषेक नेपालले डेब्यू गर्दै छन् भने बाल कलाकारमा सेड्रिना शर्माले पनि डेब्यू गर्दैछिन् । चलचित्रको छायांकन रमाइलो भएको र नयाँ चलचित्र भएर अलि नर्भस भएको बताँउछन् नवनायक अभिषेक नेपाल । चलचित्रमा नायिका प्रियंका कार्की अर्की नायिका स्वस्तिमा खड्काको आमाको भूमिकामा देखिदैछिन् । यो चलचित्र प्रेम कथामा आधारित रहेको छ ।

fasttrack
धेरै पढिएको