smart doko

पर्यटनमन्त्री भन्छन्, ‘पत्रकारले हामी जत्रो मन्त्रीलाई सानोतिनो प्रश्न सोध्ने ?’

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ असार २६ मंगलवार | प्रकाशित १८:१२:५४
पर्यटनमन्त्री भन्छन्, ‘पत्रकारले हामी जत्रो मन्त्रीलाई सानोतिनो प्रश्न सोध्ने ?’

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रबीन्द्र अधिकारी भाईरल बनेका छन् । विभिन्न काण्डका कारण बेला बेला विवादमा आउने गरेका मन्त्री अधिकारी यतिबेला पत्रकारले सोधेका प्रश्नमा दिएको जवाफका कारण भाईरल बनेका हुन् ।

पत्रकारले प्रश्न गर्दा मन्त्री अधिकारीले 'हामी जत्रो मन्त्रीलाई सानोतिनो प्रश्न सोध्ने' भन्दै उल्टै प्रतिप्रश्न गरेका छन् । नेपाल वायुसेवा निगमले भर्खरै नेपाल भित्र्याएको वाईड बडी विमानका बारेमा प्रश्न गर्दा मन्त्री अधिकारीले यस्तो जवाफ दिएका हुन् । पत्रकारले प्रश्न गर्दा उनी एकाएक माईक नै खोस्न तम्सिएका थिए ।

उनले जवाफ दिन त परै जाओस उल्टै पत्रकारको माईकमाथि नै झम्टिए । यसअघि पनि उनी अन्धाधुन्ध ६० करोड रुपैयाँ बाडेको, अंगरक्षकलाई छाता ओढाएको, जहाँ पुग्यो त्यही विमानस्थल बनाईदिन्छु भन्दै गफ लगाएको जस्ता विषयका कारण विवादमा आएका थिए ।

 

fasttrack
धेरै पढिएको