smart doko

आगामी आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक हुँदै

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ असार २७ बुधबार | प्रकाशित ११:२२:३८
आगामी आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक हुँदै

काठमाडौं । आर्थिक वर्ष २०७५/७६ का लागि विनियोजित बजेटका लक्ष्यलाई सार्थक बनाउने बलियो आधार लिएर आज नयाँ मौद्रिक नीति सार्वजनिक हुँदैछ । नेपाल राष्ट्र बैंकले अपराह्न आउँदो आर्थिक वर्षका लागि नयाँ मौद्रिक नीति सार्वजनिक गर्न लागेको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले जानकारी दिए ।

राष्ट्र बैंकले विनियोजित बजेट, वर्तमान वित्तीय अवस्था र चालू आवको मौद्रिक नीति कार्यान्वयनको सकारात्मक तथा नकारात्मक अवस्थाको विश्लेषणका आधारमा आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो ।

आगामी आर्थिक वर्षको बजेटले ८ प्रतिशतको महत्वकांक्षी आर्थिक वृद्धिदर एवं ६.५ प्रतिशतको मुद्रास्फ्रिति दर कायम गर्ने लक्ष्य राखेको छ । यी लक्ष्यलाई मौद्रिक नीतिले सम्बोधन गर्ने विश्वास लिइएको छ । रासस

 

fasttrack
धेरै पढिएको