smart doko

इटालियन फुटबल क्लबले रोनाल्डोलाई साढे १४ अर्बमा किन्यो

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ असार २७ बुधबार | प्रकाशित ११:४६:२३
इटालियन फुटबल क्लबले रोनाल्डोलाई साढे १४ अर्बमा किन्यो

काठमाडौं । क्रिस्टियानो रोनाल्डो इटालियन क्लब युभेन्टसमा आवद्ध भएका छन् । १०० मिलियन पाउण्ड अर्थात १४ अर्ब, ५७ करोड, २२ लाख २६ हजार रुपैयाँमा युभेन्टसले रियल मड्रिडलाई तिरेर रोनाल्डोलाई भित्र्याएको हो।

योसँगै रोनाल्डो र युभेन्टसबीच चार वर्षे सम्झौता भएको छ । रोनाल्डोलाई भेट्न इटालियन क्लब युभेन्टसका अध्यक्ष आन्द्रे आग्नेली अजि ग्रिस पुगेका थिए । रोनाल्डो र क्लबबीच ग्रिसमै भोलि अन्तिम सम्झौता हुनेछ। यसअघि रोनाल्डो भित्र्याउन सिरी ए च्याम्पियन युभेन्टसले रियललाई गत साता ८८ मिलियन पाउण्डको प्रस्ताब गरेको थियो।

रोनाल्डोले युभेन्टससँग हरेक सिजन ३० मिलियन पाउण्ड पाउने गरी चार बर्षे सम्झौता गर्ने बताईएको छ । सन् २००९ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट कीर्तिमानी मूल्यमा मड्रिड आएका रोनाल्डोको रियलसँगको अनुबन्ध सम्झौता अझै ३ बर्ष बाँकी थियो।

रोनाल्डोले गत सिजनमात्र सन् २०२१ सम्मको लागि सम्झौता नविकरण गरेका थिए । तर, रोनाल्डो रियलमा खुसी नरहेको र सम्झौता बाँकी रहदै क्लब छाड्ने मनस्थितिमा पुगेका हुन्।

पोर्चुगलका कप्तान समेत रहेका रोनाल्डोले आफ्नो देशलाई रसिया विश्वकपको अन्तिम १६ सम्म पुर्‍याएका थिए । अन्तिम १६ को पहिलो खेलमा उरूग्वेसँग पराजित हुँदै विश्वकपबाट बाहिरिएको थियो ।

 

fasttrack
धेरै पढिएको