smart doko

यातायात व्यवसायीले साउनदेखि दुर्घटनाको जिम्मेवारी नलिने, सरकारले के गर्ला ?

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ असार २७ बुधबार | प्रकाशित १३:३३:१९
यातायात व्यवसायीले साउनदेखि दुर्घटनाको जिम्मेवारी नलिने, सरकारले के गर्ला ?

दाङ । साउन १ गतेदेखि देशभरका सम्पूर्ण यातायात व्यवसायीका समिति स्वतः खारेजीमा पर्दैछन् । सिण्डिकेटको अन्त्यको घोषणा गर्दै सरकारले साउन १ गतेदेखि यातायात व्यवसायीका समितिको दर्ता तथा नविकरण नगर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार अब कुनै पनि व्यवसायीका समिति रहनेछैनन् ।

यसको सट्टामा सबै व्यवसायीहरु कम्पनी रजिष्टारमा दर्ता भईरहेका छन् । अब साउनबाट कुनै पनि दुर्घटनाको जिम्मेवारी आफुहरुले नलिने निर्णय ट्रक व्यवसायीहरुले गरेका छन् ।

यसअघि सम्म सवारी दुर्घटना भएमा सबै जिम्मेवारी लिँदै आर्थिक सहायता प्रदान गर्दै आएका थिए । तर अब आफुहरुको समिति खारेज भएपछि दुर्घटनाको सम्पूर्ण जिम्मेवारी आफुहरुले नलिने बताएका हुन् ।

राप्ती अञ्चल संयुक्त ट्रक यातायात व्यवसायी समिति दाङको आयोजनामा घोराहीमा सम्पन्न प्रदेश ५ र ६ का ढुवानी व्यवसायीहरुको संयुक्त भेलाले साउन १ गतेबाट कुनै पनि प्रकारको दुर्घटनाको जिम्मेवारी नलिने निर्णय गरेका हुन् ।

साउन १ गतेदेखि समिति नरहने भएको हुँदा हाल लिँदै आएको ट्रिप शुल्क, हित कोष कुनै पनि नलिने र भइपरी आउने कुनै पनि दुर्घटनाको जिम्मेवारी नलिने निर्णय गरेको राप्ती अञ्चल संयुक्त ट्रक यातायात व्यवसायी समितिका प्रशासनिक सचिव उमेशचन्द मजगैंयाले जानकारी दिए ।

दुर्घटना भएमा कुनै पनि घटनाको जिम्मेवारी आफुहरूले नलिने र त्यसको जिम्मा राज्यले लिनुपर्ने निर्णय भेलाले गरेको हो ।

 

fasttrack
धेरै पढिएको