smart doko

फाईनलमा पुगेपछि फ्रान्स उत्सवमा रमाउँदै (फोटोफिचर सहित)

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ असार २७ बुधबार | प्रकाशित १५:०२:३०
फाईनलमा पुगेपछि फ्रान्स उत्सवमा रमाउँदै (फोटोफिचर सहित)

एजेन्सी । फ्रान्सले जब खेलमा बेल्जियमलाई हराएर फिफा विश्व कपको फाइनल चरणमा प्रवेश गर्‍यो, फ्रान्सको सडकहरुमा राष्ट्रिय गीत ‘ला मार्शेलेस’, ‘वी आर इन द फाइनल’ घन्किरहेको थियो । साथमा कारको हर्न र पटकाहरुको आवाजले पुरै सकड तथा शहरहरु गुञ्जयमान बनेको थियो ।

पेरिसको ऐतिहासिक सहरको ठुलो हल नजिकै खेल हेर्न जम्मा भएका करिब २० हजार फुटबल प्रेमीहरु उत्सवमा डुबेका थिए । सडकमा जम्मा भएका खेलप्रेमीहरु हल्ला गर्दै रुखहरु, कारमाथि, डस्टबिन र गाडीहरुको छतमा चढेर विजय उल्लास मनाईरहेका थिए ।

उनीहरुले मानौ की फ्रान्सले विश्वकपको उपाधी नै उचालको हो जस्तो गरी विजय उत्सव मनाएका थिए । त्यहाँ भेला भएका मानिसहरु आफ्नो राष्ट्रिय झण्डालाई माया गर्दै र एक–अर्कालाई अंगालोमा हाल्दै खेलाडीहरुलाई बधाई दिइरहेको दृश्य देखिन्थ्यो ।

फ्रान्समा सन् २०१५ मा आतंक हमलापछि सुरक्षामा कडा प्रबन्ध गरिएको थियो र सहरको हलहरुमा करिब १२ सय सुरक्षाकर्मी तैनाथ थिए । पार्टीमा रमाइरहेका एक सेबेस्टियनले भने, ‘म १९९८ मा १८ बर्षको थिए । आज मेरो जीवनको सबै भन्दा सुन्दर दिन रहेको छ । हामी आईतबारको विश्वकप जित्ने छौं ।’

२० बर्ष पहिले विश्वकप जीत्दा फ्रान्समा यही तरिकाको उत्सव देखिन्थ्यो जब प्रकाशको शहर राष्ट्रिय झण्डाको तिन रंग रातो, निलो र सेतो रंगले बर्षा भएको थियो ।

fasttrack
धेरै पढिएको