smart doko

अस्थायी शिक्षक परीक्षाको तयारी पुरा, निर्धक भएर परीक्षा दिन अपिल

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ असार २७ बुधबार | प्रकाशित १५:१६:४१
अस्थायी शिक्षक परीक्षाको तयारी पुरा, निर्धक भएर परीक्षा दिन अपिल

काठमाडौं । असार २९ र ३० गते हुने अस्थायी शिक्षकको परीक्षा तयारी अन्तिम चरणमा पुगेको छ । चार पटक स्थगित भएको अस्थायी शिक्षकको स्थायी परीक्षाको तयारी अन्तिम चरणमा पुगेको शिक्षक सेवा आयोगले जनाएको छ ।

परीक्षाको सम्पूर्ण तयारी पूरा भएको र शिक्षकहरुलाई निर्धक्कसँग परीक्षा दिन आयोगले अपिल गरेको छ । परीक्षाका लागि आवश्यक सामग्री सम्बन्धित स्थानमा पुर्याइसकेको छ भने सुरक्षा व्यवस्थालगायत कर्मचारीहरु पनि परिचालित भइसकेको आयोगले जनाएको छ ।

उक्त परीक्षाका लागि प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहमा गरी २२ हजार ७६ पदका लागि २३ हजार २ सय ८६ अस्थायी शिक्षकको आवेदन परेको छ । पहिलो दिन निम्न माध्यमिक र माध्यमिक तहको तथा ३० गते प्राथमिक तहको परीक्षा हुनेछ ।

परीक्षा सञ्चालन हुने साविकका पाँच विकास क्षेत्रका विभिन्न ५ जिल्लामा गरी १ सय १६ परीक्षाकेन्द्र निर्धारण गरिएको आयोगका अध्यक्ष ताना गौतमले जानकारी दिए । पूर्वाञ्चलमा झापा, मध्यमाञ्चलमा काठमाडौं, पश्चिमाञ्चलमा कास्की, मध्यपश्चिमाञ्चलमा बाँके र सूदुरपश्चिमाञ्चलमा कञ्चरपुरमा परीक्षा केन्द्र तोकिएको छ ।

पटक पटक स्थगित हुँदै आएको उक्त परीक्षाका लागि आयोगले चैतमा शिक्षा ऐनको आठौं संशोधनमार्फत् पहिलो पटक विज्ञापन खुलाएको थियो । त्यसयता आयोगले चार पटक परीक्षा स्थगित गरिसकेको छ ।

 

fasttrack
धेरै पढिएको