smart doko

रेड कार्पेटको तयारीमा गोल्डेन बुटका दावेदार ह्यारी केन (भिडियोसहित)

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ असार २७ बुधबार | प्रकाशित १६:०९:३५
रेड कार्पेटको तयारीमा गोल्डेन बुटका दावेदार ह्यारी केन (भिडियोसहित)

जसो जसो ईंग्ल्याण्डले यो बिश्वकपमा सफलता पाउदैं गएको छ । त्यो भन्दा तिब्र रुपमा उसका फ्यानहरु बढ्दै गएका छन् । ईंग्लिस प्रिमियर लीगले मोहित बनाएको बिश्वभरका फुटबल दर्शकलाई अहिले स्वभाविक रुपमा सोही लीग खेल्ने खेलाडीहरुले नेशनल टिमलाई पनि राम्रो स्थानमा पुर्‍याएकै कारण ध्यान तानिरहेको हो ।

तर दुर्भाग्य के हो भने ईंग्ल्याण्डले रसियामा पाएको सफलतलाई हेर्न घरेलु दर्शकहरुको भने पातलो उपस्थिती मात्र रहेको छ । फिफाका अनुसार २५ हजार ब्रिटिशहरुले मात्र रसिया जाने निर्णय गरेका छन् । किनकी रसियन होलिगनहरुको तारोमा सधैं ईंगलिस समर्थकहरु पर्ने हुनाले पनि यसपटक धेरै ब्रिटिशहरुले आफ्नै देशमा ठुलो पर्दामा वल्र्ड कप हेर्ने निर्णय गरे ।

बिश्वकप फुटबलमा ईग्ल्याण्डको प्रदर्शनलाई सन् १९६६ मा आफैंले आयोजना गर्दा मात्र सुखद रहेको देखिन्छ । किनकी उसले यो बिश्वकप आयोजना मात्र गरेन आफैंले बिश्वकप उचाल्न पनि पायो । यो वाहेक ईंग्ल्याण्डले पछिल्लो पटक बिश्वकपमा उच्च स्थानको सफलता पाएको भनेकै सन् १९९० को बिश्वकप हो । यो बिश्वकपमा ईंग्ल्याण्ड चौथो स्थानमा चित्त बुझाउदै घर फर्किएको थियो ।

अहिले रसियामा आयोजना भएको बिश्वकप फुटबल प्रतियोगितामा ईंग्ल्याण्डले न्यूनतम रुपमा पनि चौथो स्थान पाउने पक्का छ । तर उसलाई पहिलो, दोस्रो र तेस्रो हुने अवसरका ढोकाहरु पनि खुलै रहेका छन् ।

बिश्वकप फुटबलमा ईंग्ल्याण्डको चर्चा गर्दा उक्त टिमका कप्तान ह्यारी केनको चर्चा नगरे यो भिडियो रिपोर्ट नै खल्लो हुन्छ । ह्यारी केनको प्रसंग निकाल्दा सन् १९९९ को एउटा घटना डेभिड बेकह्यामलाई संझना आउछ रे । बेलायतको रिज्वे रोभरमा भैरहेको खेलाडीहरुको ट्रयालमा ६ बर्षिय ह्यारी केन पनि पुगेका थिए ।

भुकुले शरीर भएका फुच्चे केनलाई त्यो बेला गोलकिपरको रुपमा ट्रायल लिईएको थियो । उनले गरेका सेभहरुलाई हेर्दा डेभिड बेकह्यामले पनि यो केटो भविष्यको राम्रो गोलकिपर बन्छ भने । तर उनलाई ट्रायल दिन लगेकी आमाले उसले बल रोक्ने मात्र होईन खेलाउने पनि गर्छ भनेपछि उनलाई खेलाउन पनि लगाईयो ।

खेलाउन लगाउदा केनले गोलकिपिङ गर्नु भन्दा राम्रा मुभहरु निकालेर फरक फरक एंगलबाट गोल समेत गरिदिएर छक्कै पारे । यही बाट शुरु भयो केनको फुटबल करिअर । १६ बर्षको उमेरमा सन् २००९ मै टोटेनह्याम हट्सपुर क्लबमा आबद्ध भएका केन २०१० मै १७ बर्ष मुनिको नेसनल टिममा परिसकेका थिए । ह्यारीले त्यसपछि अण्डर नाईन्टिन देखि अण्डर ट्वेन्टी वानसम्मका सबै एजग्रुप फुटबलमा ईंगल्याण्डको रेप्रिजेन्ट गरे । सन् २०१५ देखि भने ह्यारी केनले नेशनल टिममा स्थान जमाउन पाए ।

अहिले वल्र्डकपको कारण ह्यारी केनको चर्चा सर्वाधिक गोल गरेर भएको होस् वा ईंग्ल्याण्डलाई न्यूनतम पनि चौथो स्थानमा सुरक्षित गराउन सकेकै कारणले भएको देखिन्छ ।

यो बिषयमा केही बेरमा चर्चा गरौला । ह्यारी केनको चर्चा गर्दा उनको क्लब फुटबल करिअरलाई भने कसैले बिर्सनु पनि हुदैन । क्लब फुटबलमा उनी निकै सफल पनि भएका छन् । जस्तो उनले टोटेनह्याम हट्सपुरको तर्फवाट ईंगलिस प्रिमियर लीगमा १ सय गोल गर्ने नवौं खेलाडी हुन् । यो गोल गर्दा भने उनलाई तेस्रो सर्वाधिक कम खेलमा गोल गर्ने खेलाडी बनाएको थियो । बबि स्मिथले १ सय ३४ खेलमा १ सय गोल गरेका थिए भने ह्यारीले ४ खेल बढी अर्थात् १ सय ३८ खेलमा यो सफलता पाएका थिए ।

फुटबललाई छलाएर देखाए देखिन् अर्थात् सन् २००९ देखि टोटेनह्याम हट्सपुरमा रहेका ह्यारी अहिलेसम्म पनि यही क्लबमै रहेका छन् । यो समयकालमा उनले लीग, एफए कप, लीग कप लगायतका सबै खेलहरुमा गरेर १ सय ४० गोलहरु गरिसकेका छन् । क्लब लेभलमा आफ्नै किसिमले राम्रो प्रदर्शन गरेपनि ह्यारी केनलाई भने कसैले नजरनै लगाउन सकेनन् । उनी टोटेनह्याम भन्दा अन्य क्लबमा मिलियन डलर डिलमा ट्रान्सफरनै हुन सकेनन् । बरु टोटेनह्यामले उनलाई लोनमा लियोटन ओरिएन्ट, मिलवाल, नर्विच सिटी र लिसेस्टर सिटी जस्ता क्लबमा खेलाउन पठाइरह्यो ।

सन् २०१४ मा ह्यारीमा एउटा क्षण आएको थियो । यदी उनले हुन्छ भनेको भए उनी अहिले जस्तो ईंगलिस टिममा हुदैन थे । ह्यारीका पिताको आईडेन्टेटी आईरिस रहेको थियो । उनको पिताजीले उनलाई आईरिस आईडेन्टेटी लिनलाई आग्रह पनि गरेका थिए । तर ह्यारीले ब्रिटिसनै हुन चाहे । जसको कारण उनी अहिले ईंग्ल्याण्डको टिममा त्यो पनि क्याप्टेनको रुपमा रहेको हामीले देखिरहेका छौं ।

यो फोटोमा हेर्नुहोस् त, डेभिड बेकह्यामले दुई जना बालबालिकालाई अंगालो मारेर फोटो खिचेका छन् नि । हो फोटोको दा“याका केटा नै ह्यारी केन हुन् । अनि बाँयाको को हो थाहा छ ह्यारीकी बालसखा क्याथी गुडल्याण्ड । हो यिनै बालसखा नै ह्यारीकी अहिलेकी प्रेमिकाको रुपमा रहेकी छिन् । बाल्यकाल देखिको चिनजान कति खेर प्रेममा बदलियो भन्ने कुरा ह्यारीले सन् २०१५ मा स्क्वायर म्यागजिनलाई अन्तवार्ता दिने क्रममा बताएका थिए ।

अन्तवार्तामा ह्यारीले के भनेका छन् भने हामी संगै स्कुल जान्थ्यौं । उनले मेरो करिअरमा सधै साथै दिइरहिन् । उनको म प्रतिको प्रेमकै कारण हामीले सन् २०१७ मा पहिलो सन्तान पनि जन्मायौं ।

तर ह्यारीले केथीसंग ईन्गेजमेन्ट भएको कुरा भने ट्विटरमा फोटो पोष्ट गरेर सार्वजनिक गरे । अब प्रसंग फेरी बदलौं र बिश्वकपमा ह्यारी केनकै कुरा गरौं । उमेर समूहको खेलमा पनि राम्रो प्रदर्शन गर्दै गएको कारण उनी सन् २०१५ देखि नै सिनियर नेशनल टिममा परेका थिए । टिममा परेको पहिलो दुई बर्ष जम्मा ५ गोल मात्र गर्न सकेका ह्यारी केनले १७ मा आएपछि गोलको रफ्तारलाई बढाएर ७ मा पु¥याए ।

१८ मा वा भनौं यो बिश्वकपको सेमिफाइनल खेल नखेलुन्जेल ह्यारीले ७ गोल गरिसकेका छन् । उनको भागमा अझैं पनि यो बिश्वकपमा दुई खेल्न पाउने अवसर रहेको छ । यि दुई खेलमा ह्यारी केनले गोल गर्ने प्रबल सम्भावना रहेको पनि देखिन्छ ।

यो बिश्वकपको सेमिफाइनलको खेल नभैन्जेल ह्यारीले ६ गोल गरिसकेका छन् । यो गोल संख्या भनेको यो बिश्वकपको सर्वाधिक गोल पनि हो । यो होडमा ह्यारी भन्दा २ गोलले पछाडी रहेका बेल्जियमका रोमेलु लुकाकु मात्र देखिएका छन् ।

ह्यारीको कप्तानीले अहिले ईंग्ल्याण्डको फुटबलकै क्षेत्रमा नयाँ तरङ ल्याएको छ । ह्यारी भन्दा अगाडी ईंग्ल्याण्डको कप्तानी सम्हाल्ने वाहे रुनी, स्टेफन गेरार्ड, जोन टेरी, डेभिड बेकह्याम लगायत धेरै खेलाडीहरु मैदानमा भन्दा मैदान बाहिर चम्किए । क्लब फुटबलमा राम्रो खेल्ने तर नेशनल टिममा योगदान दिनै नसक्ने भएकै कारणले पनि ईंग्ल्याण्डले सन् १९९० देखि बिश्वकपको सेमिफाइनल कस्तो हुन्छ भनेर टेलिभिजनमा मात्र हेर्नु परेको थियो ।

तर ह्यारी केनको प्रोफेसनल फुटबल करिअर टोटेनह्याम हट्सपुर र लोनमै बित्यो । उनी पनि आफुलाई ठुलो रकममा कसैले लगोस् भन्ने चाहिरहेका थिए । यो चाहना त उनले राखेर मात्र भएन । खेलेर पनि देखाउनु पर्ने नै भयो । यहि दोधारको अवस्थामा बिश्वकप उनको लागि मौका बनेर आईदियो ।

ईंग्ल्याण्डका फुटबल क्याप्टेनहरुको विगत हेर्ने हो भने उनीहरु बिश्वकै ग्ल्यामरस फुटबलरमा कहलिन्छन् । तर ह्यारी केन त्यो मामलामा भने धेरै नै पछि परे । यही ग्ल्यामरस हुन नसकेकै कारणले कतै उनले राम्रो खेलेका हुन् कि भन्ने पनि छन् ।

तर जे होस् ह्यारी केनले ईंग्ल्याण्डलाई सेमिफाइनलको मुख देखाउने बनाएर ईंगलिस समर्थकहरुको मन जितिसकेका छन् । उनले राम्रो साथ पाए भने टिमलाई अझ अगाडी पनि लैजान सक्छन् । यो सफलताले गर्दा अहिले ह्यारी केनलाई धेरै क्लबहरुले आँखा लगाएर तान्ने तयारी गर्न थालेका छन् । सायद ह्यारी केनका लागि दर्जनौ क्लवहरुले वल्र्डकप पछि रेड कार्पेट ओछ्याएर ब्ल्यांक चेक दिने छन् ।

fasttrack
धेरै पढिएको