smart doko

राष्ट्र बैंकद्धारा मौद्रिक नीति सार्वजनिक (पूर्ण पाठसहित)

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ असार २७ बुधबार | प्रकाशित १७:०२:१६
राष्ट्र बैंकद्धारा मौद्रिक नीति सार्वजनिक (पूर्ण पाठसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गर्भनर डा. चिरंजीबि नेपालले बुधबार सार्वजनिक गरेको मौद्रिक नीतिमा बैंकहरुले दिने र कर्जामा लिने ब्याजको अन्तर (स्प्रेड) दर घटाएको छ । पाँच प्रतिशत रहेको स्प्रेड दरलाई ४.५ प्रतिशतमा झारिएको हो ।

अब बैंकहरुले निक्षेप लिँदा दिइने ब्याज र ऋणमा लगाउँदा लिइने ब्याजको अन्तर ४.५ प्रतिशत मात्रै हुनेछ । यसअघि ५ प्रतिशत अन्तरमा ब्याज राखेर ऋण प्रवाह गरिँदै आएको थियो ।

त्यस्तै शेयरको धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जामा कर्जाको सुरक्षणका लागि राखिएको सेयरको मूल्य २० प्रतिशतसम्मले घटेको अवस्थामा मार्जिन कल गर्न बाध्य नहुने व्यवस्था गरिएको छ । अन्तिम ऋणदाता सुविधा दरको रुपमा रहेको बैंकदरलाई ७ प्रतिशतबाट ६.५ प्रतिशतमा झारिएको छ ।

यस्तो छ मौद्रिक नीतिको पूर्णपाठः

fasttrack
धेरै पढिएको