smart doko

सेवा बन्द गरे, डाक्टरलाई कार्वाही गरिनेः राज्यमन्त्री अर्याल (भिडियोमा)

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ असार २७ बुधबार | प्रकाशित १८:०५:३४
सेवा बन्द गरे, डाक्टरलाई कार्वाही गरिनेः राज्यमन्त्री अर्याल (भिडियोमा)

सरकारले स्वास्थ्य सेवा बन्द गर्ने चिकित्सकहरुमाथि कडा कार्वाही गर्ने चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पदमा अर्यालले जनताको स्वास्थ्यमाथि खेलबाड हुनेगरी अस्पतालको सेवा बन्द गर्ने जोकोहीलाई पनि कार्वाही गर्ने चेतावनी दिनु भएको हो ।

वरिष्ठ चिकित्सक गोविन्द केसीको माग सम्बोधन नगरे सबै अस्पतालको सेवा बन्द गर्ने नेपाल चिकित्सक संघले अडान लिईरहेको छ । राज्यमन्त्री अर्यालले अस्पतालको सेवा बन्द गरेर जनताको स्वास्थ्यमाथि खेलबाड गर्ने काम नगर्न पनि चिकित्सकहरुलाई सचेत गराउनु भयो ।

बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले वरिष्ठ चिकित्सक केसीको जायज माग सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको पनि बताउनु भयो ।  उहाँले वरिष्ठ चिकित्सक केसीको स्वास्थ्य उपचारको जिम्मा सरकारले लिने पनि बताउनु भयो ।

राज्यमन्त्री अर्यालले सरकारले केसीलाई स्वास्थ्य उपचारका लागि काठमाडौं आउन र वार्ताद्धारा स्वास्थ्य क्षेत्रमा देखिएको सबै समस्या समाधान गरेर जान वार्तामा बस्न पटक–पटक आग्रह गरेको पनि स्मरण गराउनु भयो ।

राज्यमन्त्री अर्यालले वरिष्ठ चिकित्सक केसीप्रति संकेत गर्दै कसैले पनि आफ्नो मागलाई अडानको रुपमा राखेर मुलुकलाई अप्ठयारोमा पार्ने काम गर्न नहुने पनि स्पष्ट पार्नृुृ भयो ।

fasttrack
धेरै पढिएको