smart doko

कुनै व्यक्ति बेरोजगार भएको सूचना दिए सरकारले रोजगारी दिने !

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ असार २७ बुधबार | प्रकाशित १८:३२:५४
कुनै व्यक्ति बेरोजगार भएको सूचना दिए सरकारले रोजगारी दिने !

काठमाडौं । एक वर्षमा पाँच लाख मानिसलाई रोजगारी दिने वर्तमान सरकारको महत्वपूर्ण योजना हो । दैनिक हजारौंको संख्यामा विदेशीरहेका नेपालीलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्दै स्वरोजगार बनाउन सरकारले आगामी आर्थिक वर्षबाट नयाँ कार्यक्रम ल्याउन लागेको हो । अबको पाँच वर्षभित्रमा वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गर्ने भन्दै सरकारले प्रत्येक वर्ष पाँच लाख नेपालीलाई रोजगारी दिने बताउँदै आएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्रालय, विभाग, सरकारी निकाय, नीजि तथा गैरसरकारी निकायमा वेरोजगारलाई रोजगारी दिने व्यवस्था मिलाउन सम्बन्धित अधिकारीलाई निर्देशन दिएका छन् ।

सोही अनुरुप श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आवश्यक तयारी गरिरहेको छ । मन्त्रालयले पाँच वर्षभित्रमा बाधयताले वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गर्ने गरी तयारी गरिहेको मन्त्री गोकर्ण विष्टले जानकारी दिए ।

देशभित्रै पर्याप्त रोजगारीका अवसर सिर्जना गर्न ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा गरिदैंछ । सरकारको पहिलो प्राथमिकता देशभित्रै रोजगारी दिलाउने भएकाले श्रमको सम्मान गरिने र आन्तरिक रोजगारीका पर्याप्त अवसर सृजना गर्न न्युनतम रोजगार प्रत्याभुत दिने कार्यक्रमको खाका तयार पार्ने काम मन्त्रालयले गरिरहेको छ ।

अब स्थानीय तहसम्म रोजगार सुचना केन्द्र खोलिने र ती सूचना केन्द्रमा बेरोजगार युवाले आफ्नो पूर्ण विवरण सहित सुचना दिन पाउने मन्त्री विष्टको भनाई छ । त्यसैको आधारमा निश्चित समय भित्र उनीहरुलाई रोजगारी दिने व्यवस्था मिलाइनेछ । यदि राज्यले रोजगारी दिन सकेन भने प्रत्याभुत हुने गरि कानुनी व्यवस्था गरिने समेत मन्त्री विष्टले बताए ।

‘यसका लागि मन्त्रालयले विभिन्न मन्त्रालयहरुसँग छलफल गरिरहेको छ । केहि दिनमै स्पष्ट खाका सहित प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गरिनेछ’, मन्त्री विष्टले भने, ‘तत्कालका लागि वैदेशिक रोजगारमा देखिएका बेथिती र विसंगती रोक्नु आवश्यक भएकाले त्यसतर्फ सरकारले महत्वपुर्ण कदम चालिसकेको दावी गरे ।’

एकातिर नेपाली युवाले रोजगारी नपाएको तर श्रम बजार भने काम गर्ने मान्छे नपाएर विदेशी श्रमिक ल्याइरहेको भन्दै मन्त्री विष्टले श्रम बजारको माग र युवाको रोजगारीबीच तादम्यता मिलाउने तर्फ सरकार लागेको उनको भनाई छ ।

नेपालमा २ दिन अघि मात्रै श्रमिकको न्युनतम तलब १३ हजार ४ सय ५० तोकिएको छ । अन्य सुविधासहित औसत झण्डै १६ हजार न्युनतम तलब बुझ्ने अवस्था देशभित्रै बनेको छ ।

fasttrack
धेरै पढिएको