smart doko

टिप्पर आतंकप्रति गृह मन्त्रालयको चासो, उपत्यकामा दिउँसो चलाउन प्रतिबन्ध

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ असार २७ बुधबार | प्रकाशित १९:०१:२८
टिप्पर आतंकप्रति गृह मन्त्रालयको चासो, उपत्यकामा दिउँसो चलाउन प्रतिबन्ध

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं उपत्यकामा दिउँसोको समयमा टिप्पर चलाउन प्रतिबन्ध लगाएको छ । पछिल्लो दिनप्रतिदिन टिप्पर दुर्घटनाको घटना बढ्दै गएपछि गृह मन्त्रालयले दिउँसोको समयमा काठमाडौं उपत्यकाका तीनै जिल्लामा चलाउन प्रतिबन्ध लगाएको हो ।

अब राति ८ बजेदेखि बिहान ५ बजेसम्म मात्रै चलाउन पाईनेछ । बुधबार गृहमन्त्रालयले राति आठ बजेदेखि बिहान ५ बजेसम्म मात्रै टिप्पर चलाउने व्यवस्था गर्न उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र महानगरीय प्रहरी ट्राफिक महाशाखालाई निर्देशन दिएको हो ।

असार महिनामा मात्रै काठमाडौं उपत्यकामा ४० वटा टिप्पर दुर्घटना भएका छन् । जेठ महिनामा मात्रै टिप्परको ठककरबाट काठमाडौं उपत्यकामा १९ जनाको ज्यान गएपछि गृह मन्त्रालयले नयाँ कदम चालेको हो ।

मंगलबार मात्रै जडीबुटीमा टिप्परको ठक्करबाट झापा घर भई दूधपाटी बस्ने रोयल सुवेदीको ज्यान गएको थियो । उक्त स्थानमा यसअघि स्कुटरमा रहेकी अस्मिता भण्डारीको पनि मृत्यु भएको थियो ।

File Photo

fasttrack
धेरै पढिएको