suv

उपत्यका भित्रका सडकका खाल्डाखुल्डी पुर्न प्रधानमन्त्रीको निर्देशन

ताजा अपडेट
fast-track
Liberty
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ असार २८ बिहीबार | प्रकाशित ०५:५७:०५
उपत्यका भित्रका सडकका खाल्डाखुल्डी पुर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं उपत्यका भित्रका सडकका खाल्डाखुल्डी पुर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, सचिव र अन्य पदाधिकारीलाई मन्त्रिपरिषदको कार्यालयमा बोलाएर प्रधानमन्त्री ओलीले कलंकी–थानकोट र चावहिल–बौद्ध–जोरपाटी सडकलाई तत्काल सुधार गर्न र उपत्यका भित्रका सडकका खाल्डाखुल्डी छिटो भन्दा छिटो पुर्न निर्देशन दिएका हुन् ।

साथै देशभरका सबै सडक, ढल तथा अन्य पूर्वाधार निर्माण गर्दा आधुनिक, प्रविधिमैत्री र गुणस्तरीय बनाउन उनले निर्देशन दिए । केही दिन अघि प्रधानमन्त्री ओलीले राजधानीमा आयोजित एक कार्यक्रममा ‘अब भत्किएका सडक काठमाडौंमा नदेखिने’ बताएका थिए । उनले यो अवस्था अघिल्लो सरकारले निम्त्याएको र आफ्नो सरकारले समाधान गर्ने घोषणा गरेका थिए ।

यसअघि तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले पनि १५ दिन भित्र उपत्यकाको सडकका खाल्डा पुर्न निर्देशन दिएका थिए । तर कार्यान्वयन नहुँदा अहिलेसम्म सडकमा यत्रतत्र खाल्डाखुल्डी छन् । यातायात मन्त्री महासेठले सडक वत्ती, चावहिल–बौद्ध–जोरपाटी सडक र कलंकी–थानकोट सडक एवं उपत्यकाका सडकका खाल्डाखुल्डीको व्यवस्थापनका सम्बन्धमा आगामी ५० दिन भित्र महसुस हुनेगरी सुधार गर्ने कार्ययोजना रहेको जानकारी गराएका थिए । उनले देशभरका सबै सडक, ढल तथा अन्य पूर्वाधार निर्माण गर्दा आधुनिक, प्रविधिमैत्री र गुणस्तरीय बनाउने प्रतिबद्धता समेत व्यक्त गरेका थिए।
नागरिकबाट

धेरै पढिएको