smart doko

केसी आउन नमानेपछि जुम्ला जान लागेको हेलिकोप्टर रोकियो

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ असार २८ बिहीबार | प्रकाशित ०७:१५:२६
केसी आउन नमानेपछि जुम्ला जान लागेको हेलिकोप्टर रोकियो

काठमाडौं
१२ दिन देखि अनशनरत डा. गोविन्द केसीलाई लिन बुधबार काठमाडौंबाट चिकित्सक सहितको टोली जुम्ला जाने तयारी भयो । सेनाको हेलिकोप्टर जाने व्यवस्था मिलिसकेको थियो । तर उड्ने तयारीमा रहेको हेलिकोप्टर काठमाडौंमै रोकियो ।

आफू काठमाडौं नफर्किने जवाफ डा केसीले फोनबाटै दिएपछि चिकित्सक सहितको टोली रोकिएको हो । नेपाल चिकित्सक संघका पदाधिकारीलाई केसीले यस्तो जवाफ दिएका हुन् । ‘केसीले भेट्न मात्रै आउनू, लिन नआउनू भनेपछि हामी जानुको कुनै अर्थ र औचित्य थिएन,’ संघका महासचिव डा. लोचन कार्कीले भने, ‘उनलाई काठमाडौं ल्याएरै जीवनरक्षा गर्ने र मागबारे कुरा गर्ने योजना सरकारको भए पनि उनले नआउने अडान लिएपछि हामी पनि सरकारको आग्रह नकार्न बाध्य भयौँ ।’

शिक्षामन्त्री गिरिराजमणि पोखरेलको निर्देशन अनुसार नेपाल चिकित्सक संघका पदाधिकारी र प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंह हेलिकोप्टरमा जुम्ला जाने तयारी थियो । यता सरकारले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत डा. केसीलाई काठमाडौं ल्याएर मात्रै वार्ताका लागि समिति गठन गर्ने बताएको छ । शिक्षामन्त्री पोखरेलको भनाइ उद्धृत गर्दै संघका महासचिव कार्कीले भने, ‘केसीलाई काठमाडौं ल्याउनोस्, त्यसपछि वार्ता समिति बनाएर अगाडि जाउँला ।’
नयाँ पत्रिकाबाट

fasttrack
धेरै पढिएको