smart doko

अझै केही दिन भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ असार २८ बिहीबार | प्रकाशित ११:१६:५३
अझै केही दिन भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं । अझै केही दिन मध्य र पश्चिम क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन् । मध्य तथा पश्चित क्षेत्रमा आगामी शनिबारसम्म भारी वर्षाको सम्भावना रहेको मौसमविद विभूति पोखरेलले बताईन् ।

जल वास्पयुक्त हावाका कारण काठमाडौं उपत्याकासहित पश्चित क्षेत्रमा पनि अझै भारी वर्षाको सम्भावना बढेको हो । काठमाडौं उपत्यकामा आज दिनभर मौसम सफा रहेपनि राति फेरी पानी पर्ने सम्भावना रहेको पोखरेलको भनाई छ ।

मनसुन सक्रिय भएकाले पूर्वदेखि पश्चिमसम्म भारी वर्षाको सम्भावना रहेको हो । ‘पूर्व, मध्य र पश्चिममा भारी वर्षाको सम्भावना छ । शनिबारसम्म सतर्क रहनुपर्ने देखिन्छ ।’ उनले भनिन् ।

आज दिउँसोको समयमा देशभरि नै बदली रही मध्य र पश्चिमका अधिकांश स्थानहरुमा र पूर्वका केहि स्थानहरुमा मध्यम खालको वर्षाको सम्भावना छ । भने साँझ र राति पनि देशभरि नै बदली रही अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम खालको वर्षा हुने मौसमविद पोखरेलको भनाई छ ।

बिहीबार राति देशको मध्य र पश्चिमी भूभागका केही स्थानमा र पूर्वका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना छ । शुक्रबार दिउँसो र साँझ मध्यम खालको वर्षाको सम्भावना रहे पनि रातिको समयमा भारी वर्षाको हुने अनुमान गरिएको छ ।

शनिबार दिउँसोको समयमा देशभरि नै बदली रही मध्य र पश्चिमी भूभागका धेरै स्थानहरु र पूर्वका केही स्थानहरुमा मध्यम खालको वर्षाको सम्भावना छ । दिउँसोको समयमा भन्दा राति बढी वर्षाको सम्भावना रहेकाले सर्तक रहन आग्रह गरिएको हो ।

fasttrack
धेरै पढिएको