smart doko

थाइराइड के हो ? थाइराइड भएको कसरी थाहा पाउने ?

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ असार २८ बिहीबार | प्रकाशित १५:५६:५२
थाइराइड के हो ? थाइराइड भएको कसरी थाहा पाउने ?

थाइराइड मात्र एउटा ग्रन्थि हो । जुन ग्रन्थि घाँटीमा हुने रुद्रघण्टी भन्दा ठीक तल हुन्छ । त्यहि ग्रन्थिले उत्पादन गर्ने रसायनलाई हामी थायराईड भन्ने गर्छाै । थाइराइड हर्मन भनेको थाइराइड सम्बन्धि हर्मन घटि वा बढि हुने रोग हो । अझ बुझ्ने् गरि भन्दा थाइराइड भनेको एउटा ग्रन्थि हो र त्यस ग्रन्थिमा लाग्ने रोगहरुलाई हामीले थाइराइड हर्मन भनेर बुझ्ने गर्छौँ । हामीलाई रुघा जसरी लाग्छ त्यसैगरि यस ग्रन्थिलाई पनि रुघा लाग्ने गर्छ ।

रुघा लाग्दा हर्मन तलमाथि हुने गर्छ तर पछि आफैँ ठीक हुन्छ । थाइराइड जुन कुनै उमेर समुहका मानिसहरुलाई लाग्न सक्छ । विशेष गरि थाइराइड महिलाहरुमा लाग्ने गर्छ । हर्मन हामीले धेरै भए घटाएर र थोरै भए बढाएर लानुपर्छ जसका कारण हर्मनको ब्यालेन्स मिलेपछि हामीलाई थाइराइड सम्बन्धि रोग लाग्ने सम्भावना कम रहन्छ ।

हामीले वा हाम्रो समाजमा अहिले गर्भाअवस्थामा रहेका महिलाहरुलाई थाइराइडको सम्भावना धेरै देखिन्छ भन्ने गरे पनि आफुले ब्यालेन्स मिलाएर जाँदा थाइराइड सम्बन्धि रोगबाट बाँच्न सकिन्छ । थाइराइडबाट क्यानसर र विभिन्न रोगहरु पनि देखा पर्छन् । यसलाई हामीले बेलैमा उपचार गर्याे भने समस्या जटिल हुँदैनन् ।

लक्षण्हरु

हर्मन कम हुँदा हामीलाई यस किसिमका रोगहरु लाग्ने गर्छन् जस्तै, तौल बढ्ने, खानेकुरा अरुचि हुने, थकाई लाग्ने, शरीर आलस्य हुने, मोटाउने,ज्यान सुनिने, कपाल झर्ने, निद् धेरै लाग्ने, कमजोरी हुने, महिलाको महिनावारीमा समस्या देखा पर्ने, छाला खस्रो हुने, इत्यादि हर्मन कम हुनेको लक्षणहरु हुन् ।

त्यस्तै हर्मन बढि हुँदा दुब्लाउने, कपाल झर्ने, पसिना धेरै आउने, हात खुट्टा काँप्ने, मुटु छिटोछिटो धड्किने, निद् कम लाग्ने, झाडाबान्ता हुने र महिलाहरुमा महिनावारीको समस्या देखा पर्ने जस्तो किसिमका लक्षण देखा पर्छन् ।

जोगिने उपायहरु

हर्मन कम भएका बिरामीहरुले हर्मन बढाउन प्रयोग गरिने औषधिको प्रयोग गर्ने र हर्मनको मात्रा नियन्त्रण गर्दै सन्तुलित बनाउने जस्ता विधि र उपायहरु अपनाइयो भने सजिलै रोग निवारण गर्न सकिन्छ ।

त्यस्तै हर्मन बढि हुने बिरामीहरुका लागि दुई तरिकाबाट उपचार गरिन्छ । हर्मनको मात्रा कम हुने औषधि प्रयोग गरेर र थोप औषधी खुवाएर यसलाई नियन्त्रण गर्ने गरिन्छ । सबैभन्दा राम्रो र सजिलो यसको उपाय भनेको हर्मन कन्ट्रोल गर्नु नै हो ।
थायराइड भएकाले भुलेर पनि खान नहुने यि ५ कुराहरु

१ कफि

२ आयोडिन खाना

३ अल्कोहल

४ वनस्पति घिउ

५ रातो मासु

महिलालाई थाइराइड भएको कसरी थाहा पाउने ?

१ तौल द्रुत गतिमा बढ्नु

थाइराइडका कारण मेटाबाल्जिम पनि प्रभावित हुने गर्छ किन भने मेटाबाल्जिमलाई कन्ट्रोल गर्ने काम थाइराक्सिनको हो । हामीले खाएको सम्पुर्ण खाना अस्वस्थ मेटाबाल्जिमको कारण इनर्जिमा बदलिन पाउँदैन् । त्यहि खाना बोसोको रुपमा परिणत हुन्छ । त्यसका कारण शरीरमा तौलको मात्रा बढ्ने गर्छ ।

२ कमजोरी हुनु र थकाई लाग्नु

खाना अपच भएपछि हामीलाई आफ्नो शरीरमा इनर्जिको मात्रा कम हुन्छ । कम इनर्जिकै कारण हामीलाई कमजोरी र थकाई लाग्ने गर्छ । महिलाहरुलाई कमजोरीका कारण एमोनिया हुन पनि सक्छ । त्यसैले यदि यस्तो लक्षँण थाहा पाउनु भयो भने चिकित्सकको सल्लाह र उपचार लिन आवश्यक छ ।

३ अनियमित पिरियड्स

थाइराइडको समस्याले महिलाहरुको पीरियड्स अनियमित हुन थाल्छ । जस्ते २८ दिनमा हुने पीरियड्स त्यो भन्दा धेरै दिनमा हुने गर्छ ।

४ डिप्रेशन

थाइराईका कारण महिलाहरुमा डिप्रेशनको सम्भावना पनि धेरुै रहन्छ । यसले गर्दा महिलाहरुलाई राति निन्द्र नलाग्ने जस्ता समस्या देखा पर्छन् ।

५ टाउको दुख्नु

यसका कारण महिलाहरुलाई धेरुै टाउको दुख्ने जस्ता समस्या हुन्छन् । टाउको मात्र नभएर थाइराइड् समस्याले गर्दा महिलाहरुलाई धड्कन पनि छिटो छिटो धड्किने जस्ता समस्याहरु देखा पर्छन् ।

६ खाना नखानु

खाना नखानाले पनि थाइराइड सम्बन्धि समस्या देखिने गर्छ । तर आवश्यक भन्दा धेरै खाएको बेला पनि समस्याहरु देखा पर्छन् । धेरै खानाले शरीरमा तौल घट्छ जसको असर मेटाबाल्जिममा पर्ने हुन्छ र मेटाबाल्जिम असन्तुलित हुन पुग्छ ।

fasttrack
धेरै पढिएको