smart doko

यौन सम्बन्धपछि ग्राहकले दिएको चेक बाउन्स भएपछि...

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ असार २८ बिहीबार | प्रकाशित १६:१२:२७
यौन सम्बन्धपछि ग्राहकले दिएको चेक बाउन्स भएपछि...

काठमाडौं । यौन सम्बन्धपछि ग्राहकले दिएको चेक बाउन्स भएपछि एक महिला प्रहरी कहाँ गएकी छन् । एनआईसी एशिया बैंकको चेक बाउन्स भएको विवरणसहित एक महिला महानगरीय प्रहरी परिसर पुगेकी हुन् ।

यौन सम्बन्धको पारिश्रमिक बाफत दिएको ५० हजार रुपैयाँको चेक बाउन्स भएपछि ति महिला प्रहरीकहाँ उजुरी दिन पुगेकी हुन् । प्रहरीले यस्तो प्रकारको घटना पहिलो पटक भएको बताएको छ ।

यसअघि अन्य कारणले चेक बाउन्स भएका घटनाहरुमाथि कारवाही गर्दै आएको प्रहरीले पहिलो पटक यौन सम्बन्धपछिको प्रकरणमा छानविन गरिरहेको परिसरका अपराध अनुसन्धान शाखा प्रमुख डिएसपी मोहन थापाले जानकारी दिए ।

उजुरी गर्दा अरु नै कारण जनाएकी ति युवतीले बाउन्स चेक दिने युवासँगको छलफलपछि उक्त रहस्य खुलेको हो । आफूले शरीर सुम्पेर कमाएको रकम नपाएपछि आक्रोशित बनेकी युवती जाहेरी बोकेर परिसर पुगेकी थिईन् ।

परिसर काठमाडौमा मात्रै दिनमा सरदर १० देखि १५ वटा चेक बाउन्सका जाहेरी आउने गरेका छन्। तथ्यांकअनुसार २०७४ साउन देखि हालसम्म १२०० भन्दा बढी उजुरी आएको छ। चेक वाउन्स भएमा बैकिङ कसुर सजाय ऐन २०६४ अनुसार ३ महिना कैद र विगो भराई विगो बमोजिम जरिवाना हुने व्यवस्था रहेको छ ।

fasttrack
धेरै पढिएको