smart doko

डाक्टर केसीलाई काउन्टर दिन प्रसाईँको पत्रकार सम्मेलन (भिडियोमा)

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ असार २८ बिहीबार | प्रकाशित १९:४६:४४
डाक्टर केसीलाई काउन्टर दिन प्रसाईँको पत्रकार सम्मेलन (भिडियोमा)

मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईले झापामा रहेको बि एण्ड सी टिचिङ्ग अस्पतालको सम्बन्धन दिन सरकारसँग माग गर्नु भएको छ ।

बि एण्ड सी टिचिङ्ग अस्पतालका कार्यकारी निर्देशक समेत रहेका प्रसाईले आफू तीन वर्षदेखि अन्यायमा परेको र काठमाडौं बाहिर सुदुरपूर्वमा अस्पताल खोल्दा पनि माफियाको आरोप खेपिरहेको दुःखेसो समेत गर्नु भयो ।

बिहिबार काठमाडौंमा संचारकर्मीमाझ उहाँले भौतिक पूर्वाधार निर्माणको काम सम्पन्न भईसकेकाले अस्पताललाई सम्बन्धन दिन ढिलाई नगर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।

प्रसाईँले वरिष्ठ चिकित्सक गोविन्द केसीले आफूलाई माफिया भनेको भन्दै आक्रोश पनि व्यक्त गर्नु भयो । उहाँले सरकारसँग अनुमति लिएरै आफूले अस्पताल संचालनमा ल्याएपनि त्यसलाई सम्बन्धन अझै नदिएको भन्दै असन्तुष्टि व्यक्त गर्नु भयो ।

संचालक प्रसाईँले २०६८ साल पुस १४ गते तत्कालीन सरकारले आफूलाई बोलाएरै कलेज संचालनका लागि अनुमति दिएको दावी समेत गर्नु भयो । उहाँले करोडौैंको लगानी गरेर स्थापना गरिएको कलेजलाई सम्बन्धन नदिने षडयन्त्र गरिएकोभन्दै आपत्ति पनि जनाउनु भयो ।

fasttrack
धेरै पढिएको