smart doko

सवारी दुर्घटनामा परी आमा छोराको नै मृत्यु

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ श्रावण १ मंगलवार | प्रकाशित १९:४३:०२
सवारी दुर्घटनामा परी आमा छोराको नै मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा दुई भ्यान एक आपसमा ठोक्किदा आमा छोराको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका ५ आमखैया जंगल नजिक दुईवटा यात्रुबाहक भ्यान एकआपसमा ठोकिँदा आमा छोराको मृत्यु भएको हो भने ११ जना यात्रु घाइते भएका छन् ।

मृत्यु हुनेमा कैलालीको गोदावरी नगरपालिका-४ का २४ वर्षीया रिना चौधरी र उनका एक वर्षीय छोरा रिदम चौधरी रहेका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय कृष्णपुरका प्रहरी नायव निरीक्षक भरत धामीले जानकारी दिए ।

महेन्द्रनगरबाट धनगढीतर्फ जाँदै गरेको म १ ज २५० नम्बरको भ्यान र धनगढीबाट महेन्द्रनगरतर्फ आउँदै गरेको बा १० ज ४९१८ नम्बरको म्याजिक भ्यान एकआपसमा ठोक्किएका दुर्घटना भएको हो । घाइते सबैको अत्तरियास्थित पदमा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

धेरै पढिएको