smart doko

१२ औं बृहत शैक्षिक मेलाको सम्पूर्ण तयारी पुरा (भिडियोमा)

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ श्रावण १ मंगलवार | प्रकाशित २०:०२:४३
१२ औं बृहत शैक्षिक मेलाको सम्पूर्ण तयारी पुरा (भिडियोमा)

यहि श्रावण ३ गतेदेखि ६ गतेसम्म हुने शैक्षिक मेलाको तयारी पुरा भएको आयोजकले जनाएको छ । नेपाल शैक्षिक परामर्श संघको आयोजनामा हुने मेलाको उद्घाटन समारोहमा न्युजिल्याण्ड, अष्ट्रेलिया, भारत, रुस, बेलायत, जापान लगायत अन्य कुटनीतिक नियोगका राजदुतहरु तथा दुतावासका प्रतिनिधिहरुको पनि सहभागिता रहनेछ ।

मेलामा यो वर्ष २ सय २६ स्टल र १६ वटा पेभिलियन रहनेछन् । एकै स्थानमा विश्वका उत्कृष्ट गन्तव्य मुलुहरुको शिक्षा प्रणाली र अवसरहरुको विषयमा जानकारी दिने उद्देश्यले मेलाको आयोजना गरिएको हो ।

विशेषगरि अमेरिका, अष्ट्रेलिया, न्युजिल्याण्ड, क्यानडा, जापान, श्रीलंका, डेनमार्क लगायत युरोपीयन मुलुकहरु र छिमेकी राष्ट्रहरु भारत चीनका विभिन्न विश्वविद्यालय तथा कलेजहरुको प्रतिनिधित्व गर्ने परामर्शदाताहरुसँग साक्षत्कार हुनेछ ।

धेरै पढिएको