smart doko

डा केसी र सरकार पक्ष आ-आफ्नै अडानमा, वार्ता लम्बिदैं

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ श्रावण २ बुधबार | प्रकाशित ०५:५९:०१
डा केसी र सरकार पक्ष आ-आफ्नै अडानमा, वार्ता लम्बिदैं

काठमाडौं

सरकार र डा.गोविन्द केसी पक्ष बीच आआफ्नै अडान लिएपछि मंगलबारको वार्ता पनि असफल भएको छ । १८ औँ दिन देखि अनशनरत डा.केसीको स्वास्थ्य अवस्था भने जटिल बन्दै गएको छ ।

माग सुनुवाईमा सरकार संवेदनशील नबनेको केसी समर्थक संयुक्त संघर्ष समिति जुम्लाले जनाएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत डा केसीलाई सरकारले सत्याग्राहीको रुपमा नभई बिरामीको रुपमा हेरेर मंगलबारको वार्ता निश्कर्षविहिन भएपछि जुम्ली नागरिक थप आक्रोशित भएका छन् । तत्काल केसीका माग सम्बोधन नभए आन्दोलनका स्वरुप परिवर्तन गर्ने र त्यसबाट निम्तिने जोखिमको जिम्मेवार सरकार हुनु पर्ने संयुक्त संघर्ष समितिले चेतावनी दिएको छ ।

चिकित्सा शिक्षा सुधार सम्बन्धी माग राखेर सत्याग्रह सुरु गरेका डा केसीको माग प्रति सरकार संवेदनशिल नभएको नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतको आरोप छ । ‘न्यायका लागि लडिरहेको एक नागरिक मृत्युको मुखमा पुगि सक्दा समेत सरकार मौन हुनु दुःखद कुरा हो ।’ उनले भने ।

डा केसीले अहिले उठाएको मुख्य विषय चिकित्सा शिक्षा अध्यादेशलाई नै ऐनका रूपमा ल्याउनु पर्ने र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस संचाालन गर्नुपर्छ भन्ने हो । तर सरकार माग सम्बोधन गर्न भन्दा पनि केसीलाई काठमाडौँ लिएर उपचार गर्ने कसरतमा देखिएकाले केसीका समर्थकहरु आक्रोशित बनेका हुन् । डा केसी आफ्नो माग सम्बोधन नभए सम्म अनशन नतोड्ने अडानमा छन् भने सरकार राष्ट्रिय चिकित्सा विधेयकका प्रावधानमा पछाडि नहट्ने अडानमा छ । जसका कारण दुबैपक्ष बीच वार्ता पनि लम्बिएको छ ।
नयाँ पत्रिकाबाट

धेरै पढिएको