suv

हवाई दुर्घटना बीमा रकम नेपाली र विदेशीलाई बराबर - मन्त्री अधिकारी

ताजा अपडेट
fast-track
Liberty
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ श्रावण २ बुधबार | प्रकाशित ०६:०८:२६
हवाई दुर्घटना बीमा रकम नेपाली र विदेशीलाई बराबर - मन्त्री अधिकारी

चितवन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले हवाई दुर्घटनापछि नेपाली र विदेशीलाई दिइने बीमा रकममा अब विभेद नहुने बताएका छन् ।

चितवनको सौराहाबाट पोखराका लागि उच्चस्तरको पर्यटकीय एसी डिलक्स बससेवाको मंगलबार शुभारम्भ गर्दै उनले नेपाली र विदेशी हवाई यात्रुले पाउने बीमा रकम फरक÷फरक भएकामा अब भने बराबरी हुनेगरी सोमबारको मन्त्रिपरिषद्बाट पारित भएको जानकारी दिए । उनका अनुसार यसअघि दुर्घटना हुँदा नेपालीले ३० लाख र विदेशीले एक करोड ५० लाख पाउँदै आएका थिए ।

नेपालको विमानस्थल र विमान नै खतराको सूचीमा राखिएको प्रसंग कोट्याउँदै मन्त्री अधिकारीले अहिले एक ठाउँको हटाइसकेको र अब युरोपेली सङ्घले अझै हटाउन बाँकी रहेकाले त्यो पनि सकारात्मक दिशातर्फ उन्मुख भएको प्रतिक्रिया दिए ।

उनले नेपालमा जहाजको मार्ग समेत बढाएर आठ स्थानमा पु¥याइएको समेत जानकारी दिए । २० दिनपछि नेपालमा अर्को जहाज आउनेछ भन्दै उनले नेपालका विभिन्न क्षेत्रमा विमानस्थल निर्माणको क्रम समेत तीव्र पारिएको जिकिर गरे ।

नेपालमा एक करोड पर्यटक नभित्र्याए सम्म कसैले विश्राम लिन नहुने मन्त्री अधिकारीको भनाइ छ । आगामी एक वर्षमा लुम्बिनी, तीन वर्षमा पोखरा र पाँच वर्षमा निजगढ विमानस्थल बन्ने जिकिर मन्त्री अधिकारीले गरे ।
रासस