smart doko

सावधान ! बालबालिकाका खेलौनाहरुमा हुन्छ यस्तो विषाक्त रसायन

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ श्रावण ७ सोमबार | प्रकाशित १७:०९:५२
सावधान ! बालबालिकाका खेलौनाहरुमा हुन्छ यस्तो विषाक्त रसायन

बजारमा पाइने बालबालिकाका खेलौनाहरुमा विषक्त रसायनहरुको धेरै मात्रामा पाइएको छ । जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रले सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनअनुसार खेलौनाहरुमा ६० प्रतिशत भन्दा बढी गह्रौं धातु र अन्य रसायनहरु पाइएको हो । जुन धेरै हानिकारक हुन्छन् ।

सार्वजनिक प्रतिवेदनअनुसार खेलौनाहरुमा शिसा, क्याडमियम, क्रोमियम, बेरियम, ब्रोमिन र जिंक उच्च मात्रामा पाईएको हो । अध्ययन गरिएका ५२ खेलौनाका नमुनाहरु मध्ये ३२ वटामा यस्तो हानिकारक रसायन भेटिएको अध्ययन प्रतिवेदनले देखाएको छ ।

राजधानीका विभिन्न स्थानबाट खरिद गरि गरिएका खेलौनाहरु मध्ये ८८ प्रतिशत खेलौना चीनबाट आयात गरिएका छन् । त्यस्तै भारतबाट ८ प्रतिशत र थाइल्याण्डबाट २ प्रतिशत खेलौनाहरु आयात भएका छन् ।

रसायनले हानी के गर्छ ?

खेलौनाहरुमा हुने यी विषाक्त धातु र रसायनहरुले बालबालिकाहरुको स्नायू प्रणाली, प्रजनन् प्रणलीमा गडबडी, फोक्सो, मृगौलामा असर पुर्याउनुका साथै रोगसँग लड्ने क्षमतामा पनि कमि ल्याउँछ । बालबालिकाहरुको बौद्धिक विकासमा अवरोध गर्नु र क्यान्सर तथा मस्तिस्कमा समेत यसले खराबी गर्छ ।

रसायन मिसावट दर यस्तो

प्रतिवेदनमा उल्लेख भएअनुसार अध्ययनकर्ताले अध्ययनमा समावेश गरेका ७१ प्रतिशत (५२ मध्ये ३७) खेलौनाहरुमा कम्तिमा कुनै एक घातक धातु रसायन पाएको थियो । त्यस्तै ६२ प्रतिशत (५२ मध्ये ३२) खेलौनामा नेपाल सरकारले तोकेको खेलौना सम्बन्धि मापदण्ड भन्दा बढी रसायनहरु पाइएका छन् । अध्ययनमा समावेश मध्ये ३८ प्रतिशत अथवा ५२ मध्ये २० वटामा मात्रै मापदण्डको पालना भएको छ । यस्तै कम्तिमा एक रसायनबाट प्रदुषित ३५ खेलौनामध्ये १९ प्रतिशतमा लेड, ८ प्रतिशतमा क्याडमियम, ११ प्रतिशतमा क्रोमियम, ६८ प्रतिशतमा जिंक जस्ता धातुहरु पाइएका छन् । १४ प्रतिशतमा बेरियम र १६ प्रतिशतमा ब्रोमिन जस्ता अन्य धातुहरु पनि पाइएका छन् ।

४७ करोडका खेलौना नेपाल भित्रिए

बालबालिकाका खेलौनाहरु खरिदका लागि मात्रै ४७ लाख नेपाली रुपैयाँ बारिएको छ । यो तीन वर्षअघिको तथ्याङ्क हो । त्यसपछिका वर्षहरुमा खेलौनाका लागि मात्रै नेपाली पैसा विदेशीने दर बढेको छ ।

धेरै पढिएको