smart doko

पैसा रुखमा फल्छ ?

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ श्रावण ९ बुधबार | प्रकाशित १८:१३:०१
पैसा रुखमा फल्छ ?

अनुपम भट्टराईं ।

तपाइलाई याद छ कहिलेकाँही तपाईले पैसा मागेको समयमा आमाबुवा वा आफन्तहरुले के पैसा रुखमा फल्छ ? भनेर प्रतिप्रश्न गरेको । शायद यो भनाइ नौलो होइन हामीबीच । विना काम पैसा खर्च हुने सामान किन्यो वा पैसा खर्च गर्यो भने पैसा रुखमा फल्ने होइन् भन्ने जवाफ सुनिन्छन् ।

हामीले आज सम्मको समयमा कुनै न कुनै बेला पैसा रुखमा फल्छ भन्ने डाइलग अवश्य पनि सुनेका र कसैलाई भनेका पनि छौं, शायद । चाहे घरमा बाबा आमासँग पैसा माग्दा होस् या त साथीभाईहरुसँग पैसा माग्दा किन नहोस् ।

बाबा आमासँग अनावश्यक काममा पैसा मागेको बेला उहाँहरुले भन्ने डायलग सधै यहि हुन्छ । बाबा, ‘म आज साथीहरुसँग पौडी खेल्न जान्छु पैसा दिनुन ।’ ‘आमा म आज यसो केटाहरुसँग घुम्न जान्छु पैसा दिनुन ।’ साथी भाईसँग आज खाजा खुवाओन यार कति मैले मात्र खुवाउनु । यस्ता अनेक कुराहरुमा बाबा होस्, आमा होस् या साथी होस् या त कोही आफन्त नै किन नहुन अनावश्यक कामका लागि मागेको पैसामा सबैले भन्ने डायलग यहि हुन्छ ।

पैसा रुखमा फल्छ ? कमाउन सजिलो हुन्छ जस्तो लाग्छ है ? एक पटक कमाएर त हेर्न अनि थाहा पाउँछस् । खुब अहिले बाउ आमाको कमाईमा रमाउन पाको छस् र वास्ता छैन् । आफुले कमाएर खान थालेपछि थाहा पाउछस् । यस्तै यस्तै तमाम् । 

विदेश जान लाग्यो अन्तिम समय पनि आइपुग्यो । लगभग विदेश जानको लागि सम्पुर्ण कामकाजहरु फत्ते गर्यो । टिकटको पनि पक्का गरियो । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट मलेसिया, कतार, दुबै, हङकङ, अरब, र विभिन्न मुलुकहको टिकट काटेर जाने मिति पनि तोकियो । जान लाग्ने खर्च र सम्पुर्ण काम अनि ब्यबस्थाहरुमा पुर्णविराम लगाएर बाँकी दुईचार दिन साथीहरुसँग यसो रमाइलो गरौन भनेर पार्टी को मिति तोक्यो ।

प्लान अनुसार पार्टीमा आफ्ना साथीभाईहरु सबै भेला भए । जान बाँकी अब दुईचार दिन छ । विदेश जान लागेको यसो पार्टीका लागि व्यावस्था पनि राम्रो नै गर्नुपर्यो । फेरी साधारण पार्टीले केटाहरु रिसाउने पो हुन् कि भन्ने पीर । आफु त साधारणले पनि हुने मान्छे । पैसा कमाउन जानु छ पैसा कमाएर आएको भएपो ठूलो पार्टी राखेर इन्जोए गर्नु ।

घरको समस्या र पीडा अनि मर्म र विदेश जान लागेको खर्च पनि त ध्यानमा राख्नु छ । तर साथीहरु विदेश जान लागेको साथी सानो पार्टीले कहाँ मान्छन् र । अहिले त ठुलो पार्टी दिनका लागि अगाडि दारु र सितन नभई खान मन नै नलाग्ने रे । घरको हालत सम्झिएर थोरैमा सकौँ न त भन्यो । डिउ, फेन्टा, स्लाइसहरु मगायो भने छि यार अहिलेको मोर्डन समयमा नि जाबो डिउले टार्छस् । लास्ट लोभि यार ।

साथीको अगाडि इज्जत राख्न भनेपनि चुप लागेर एउटा सितन र दारु मगाइदियो । उनीहरुले खाएर पनि सके । ओई यति एउटा हो । अरु मगा न यार विदेश जाँदै छस् तिरिहाल्छस् नि कमाएर । अरु मगाओ केटा हो । पसले दाइ ? २ वटा वाइन् । पसले लिएर आउँछ । त्यो पनि खाएर सक्यो ।

रात पनि छिपिदै जान्छ । त्यति बेलासम्म शरिरमा लाग्न सुरु भैसकेको हुन्छ । ल जाउँ केटा हो अब घर, रात छिप्पिसक्यो । खाएर टिल भएका उनीहरुलाई पुर्याउन घर सम्म पुग्यो । नजाउ भने आफुले पार्टीमा बोलाएको बाटोमा केहि भैहाल्यो भन्ने टेन्सन ।

घर पुर्याएपछि आफु पनि आफ्नो बाटो लाग्यो । त्यो बेलासम्म कसैले राम्रो सँँग जा पनि भनेका हुँदैनन् । विदेश जाने दिन आयो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्लेन पनि उड्यो । विदेश गयो, पसिना चुहाएर काम गर्यो । केहि समयपछि अनि साथीहरु बोल्छन् फेसबुक, इमो र भाइबरमा ।

-के छ यार के गर्दै छस् ?

-काम गर्दैछु ।

-कति हुन्छ पैसा ? छाप्या होलास नि ?

सबैले पहिला सोध्ने प्रश्न यहि हुन्छ ।

-हुन्न यार खान मात्र पुग्छ ।

-ल होर ? के हुन्छ यार विदेशमा पैसा रुखमा फल्छ र गाको ? विचार गर्नु पर्छ नि यार । जान्ने बुझ्नेसँग सोध्नु पर्छ । हामीलाई सोध्या भए नि हुन्थ्यो । नेपालमै केहि गर्या भए हुन्थ्यो ।

पार्टी खाँदा र जाने दिन सम्म केहि नभन्ने मेरा साथीहरु अहिले खर्च नहुनु भइसके पछि यस्तो अर्ति दिन्छन् । यही हो हाम्रो समाजको यथार्थता ।

धेरै पढिएको