suv

प्रेम र बिबाहमा ‘लेभल’ नमिल्दा...

ताजा अपडेट
fast-track
Liberty
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ श्रावण १२ शनिबार | प्रकाशित १२:१४:२१
प्रेम र बिबाहमा ‘लेभल’ नमिल्दा...

‘म उनलाई एकदमै मन पराउछु तर ऊ मलाई घृणा गर्छ । म त्यति धेरै नराम्री छु जस्तो पनि लाग्दैन । म राम्रै अफिसमा काम गर्छु । तर जोबिना म बाँच्न सक्दिन उनले मेरो र उसको ‘लेभल’ मिल्दैन भन्छ । मलाई अरुसँग बिहे गर्ने मन पनि छैन र ऊबिना बाँच्न मन पनि छैन ।’

केही दिनअघि एक जना बहिनीले यस्तो म्यासेज गरिन् । सरसर्ती कुरा बुभ्mदा ‘लेभल’ नमिलेकै कारण दुई जनाको कुरा नमिलेको देखिन्छन् । झट्ट हेर्दा प्रेममा ‘लेभल’ का कुरा वाइयात लाग्न सक्छ तर प्रेम र बिबाहमा ‘लेभल’को भूमिका अहम हुन्छ । जसरी ‘लेभल’ नमिलेको घर बलियो हुँदैन त्यसरी नै ‘लेभल’ नमिलेको सम्बन्ध टिक्न गाह्रो हुन्छ । दाँया र बाँया दुबै हातमा भएको भारी बराबर भए मात्रै हिड्न सजिलो हुन्छ नत्र जताको भारी गह्रौ छ जिउ त्यतैतिर ढल्किन्छ । त्यसैले त भनिन्छ नि ‘बाघको जोडा बाघसँग मात्रै मिल्छ, स्यालको जोडा स्यालसँग मात्रै मिल्छ ।’

‘लेभल’ अर्थात स्तर । प्रेम र बिबाहमा मात्रै होईन हरेक सम्बन्धमा ‘लेभल’ को ठूलो भूमिका हुन्छ । त्यसकारण बिबाह जस्तो सम्बन्धमा त झन यसको ठूलो भूमिका हुने नै भयो । अलि पुरानो समाजमा धन सम्पत्तीको आधारमा स्तर मापण गरिन्छ तर सम्पत्तीको मात्रै स्तर होईन । शिक्षाको स्तर, पेशाको स्तर, सोच र चेतनाको स्तर, योग्यता र क्षमताको स्तर आदि इत्यादि ।

बैबाहिक जीवनमा स्तरको भूमिकाका बारेमा लेख्नुअघि हाम्रा अन्य ब्यवहारिक जीवनमा यसको भूमिका बारे बुभ्mन जरुरी छ । सोच र चेतनास्तरले सम्बन्धमा पार्ने प्रभाव नियालौ । तपाई अनपढ हुनुहुन्छ तर तपाईले कोही विज्ञसँग साथीत्वको नाता जोड्न खोज्नुभयो । के त्यो नातामा दुबैले उत्तिकै महत्व देलान ? भलै तपाईमाथि उसले माया दया गर्लान तर तपाईलाई उसले कुन दृष्टिकोणले सोचीरहेको छ त्यो महत्वपूर्ण कुरा हो । तपाईले ऊसँग सवालजवाल नै गर्नसक्नु हुन्न । उसले बोलेको कुरा नै तपाई बुभ्mनु हुन्न । तपाईले बोलेको कुरा उसलाई हाँसो लाग्छ भने यस्तो सम्बन्ध कसरी दिर्घकालिन होला ? कसरी सम्मानजनक होला ? जब सम्मानजनक ब्यबहार हुँदैन तब सम्बन्ध दिर्घकालिन हुन सक्दैन । कसैको दया र कृपामा चलेको सम्बन्ध केवल सम्बन्ध मात्रै हो । तपाईले अलिकति तलमाथि गर्नेबित्तिकै कुनै पनि बेला त्यो सम्बन्ध चर्किन सक्छ ।
धन सम्पतीको स्तरले पार्ने प्रभावको एउटा उदाहरण हेरौं । एक जना धनी र गरिब मान्छेबीच समान सम्बन्ध कसरी स्थापित होला ? गरिबले धनीलाई आप्mनो घरमा लगेर ख्वाउन र बास दिन समेत हिच्किचाउनुपर्छ । जब तपाईले कोही कसैलाई घरमा लाने आँट नै गर्न सक्दैन भने त्यो सम्बन्ध समान बन्ला र ? दिगो होला र ? अझ भनौ ति धनी मान्छेले तपाईलाई सम्मानजनक ब्यवहार गर्लान् र ?

सम्मानजनक ब्यवहारका लागि समानस्तर हुन जरुरी छ । किनकी मान्छेमा अहम, स्वार्थ, घमण्ड जस्ता भावनाहरु पनि हुन्छन् । स्तर समान भएन भने त्यहाँ सम्मानजनक होईन विभेदकारी सम्बन्ध मात्रै कायम रहन्छ । उच्चस्तरका ब्यक्तिले निम्नस्तरका ब्यक्तिलाई जहिले मूनि राख्न खोज्ने, तल्लोस्तरका ब्यक्तिले उच्चस्तरका ब्यक्तिलाई जहिले मान सम्मान र चाकडी गरिरहनुपर्ने, उसले गरेको हरेक गल्तीलाई समर्थन गर्नुपर्ने । यस्तो सम्बन्ध स्वार्थ पूरा हुने बित्तिकै चैट हुन्छ । कुनै कुराको आश राखेर जोडिएको सम्बन्ध बाहिरबाट हेर्दा राम्रै देखिए पनि भित्रभित्र कालो हुन्छ । हो, सम्बन्ध जोड्न स्तर चाहिँदैन तर दुबैले एकअर्काप्रति राख्ने दृष्टिकोण समान हुनका लागि ब्यक्तिको स्तरले ठूलो भूमिका निभाउछ ।

श्रीमानसँग डिभोर्सपछि कलाकार सोफिया हयातले भनेकी थिइन्– ‘यदि अब मैले प्रेमी बनाएँ भने मेरै स्तरको बनाउँछु ।’ उनको यो भनाईबाटै बुझिन्छ कि स्तर नमिल्दा नै उनीहरुको बैबाहिक सम्बन्ध टिक्न सकेन । उनी केवल एक उदाहरण मात्रै हुन् । अर्काे कुरा चेतनाको स्तर नमिल्दा सोच्ने क्षमता, सोच्ने शैली र बुभ्mने क्षमता फरक हुन्छ । जब मान्छेहरुबीच बुझाईमा फरकपन आउछ, सोचाईमा फरकपन आउछ तव नै मन मिल्दैन । मनहरु नमिले पछि कुरा मिल्दैन । कुरा नमिलेपछि योजना र निर्णय मिल्दैन । यसरी एकपछि अर्काे गर्दै बिग्रिदै गएपछि एकअर्काबीच मनमुताव शुरु हुन्छ अनि सम्बन्धमा दरार उत्पन्न हुन्छ ।

बाहिरीया मान्छेहरुसँग फाँटो आउँदा दैनिकी जनजीवनमा मात्रै प्रभाव पर्छ तर जब दामपत्य सम्बन्धमा नै यस्तो अवस्था आउछ तव यसले बिकराल रुप लिन्छ । एकअर्काेको सोचाई नमिल्दा, ईच्छा, आकांक्षा नमिल्दा नै जोडिएको मन फाट्छ । मन नमिल्दा नै डिभोर्स हुन्छ ।

प्रेम र युद्धमा असम्भव भन्ने केही हुँदैन तर जब प्रेम र युद्धको नतिजा हात लाग्छ अनि मात्रै राम्रा नराम्रा कुराहरु खुल्दै जान्छ । भन्नुको तात्पर्य प्रेम गर्दा लेवलको पनि कुनै वास्ता हुँदैन जब प्रेम प्राप्तीपछि बिबाहमा परिणत हुन्छ अनि लेभलको रोल सुरु हुन्छ । अझ अबुझ र बुझ पचाउने ब्यक्तिको संगतमा पर्याे भने जीवन झनै डामाडोलतिर जान्छ ।

गाउले परिवेशमा हुर्केका र शहरी परिवेशमा हुर्केकाबीच प्रेम भयो । माया गर्नेको गल्ती सहेर पनि त्यो प्रेम सफल हुन सक्छ । जब त्यो प्रेम बिबाहमा परिणत हुन्छ अनि सुरु हुन्छ स्तरको प्रभाव । एउटा अशिक्षित गाउँले समाजमा हुर्केको मान्छे र शहरको आधुनिक समाजमा हुर्केकाबीचको मानसिकता निकै फरक हुन्छ । उनीहरुलाई एकअर्काको ब्यवहार अपाच्य लाग्न थाल्छ । सकेसम्म उनीहरु सहेर बस्छन् तर अवस्था कहिलेकाँही त्यस्तो भईदिन्छ कि जे जस्तो गर्दा पनि एकअर्काेको मानसिकता परिवर्तन नभएपछि सहनशिलताको बाँध फुट्छ । अनि एकअर्काको गल्ती छ्यापाछ्याप हुन थाल्छ । र, सम्बन्ध दिनानुदिन बिग्रिन थाल्छ । संसारमा सबैभन्दा सकसपूर्ण कामहरु मध्ये एउटा यो पनि हो कि मान्छेको नानीदेखि लागेको बानी र मानसिकता सुधार्न त्यति सहज छैन ।

हामी कुन स्तरको समाजमा हुर्केका छौ त्यही छाप हाम्रो मानसपतलमा बसेको हुन्छ । हाम्रो संगत त्यस्तै मान्छेहरुसँग हुन्छ । हाम्रो आफन्तहरु त्यस्तै वातावरणमा जीवन विताईरहेका हुन्छन् । त्यसको प्रभावस्वरुप हामी सोही अनुसार अरुसामु ब्यवहार गर्न थाल्छौ । हाम्रो त्यो ब्यवहार अर्काे फरक स्तरको समाजमा हुर्केकालाई नपच्न सक्छ । यसरी नै सम्बन्धमा दरार उत्पन्न हुन्छ ।

कतिपय अवस्थामा पढेका र अलि कम पढेकाबीचको बुझाई क्षमतामा फरक हुन सक्छ । पढेकाले एउटा अर्थमा कुरा गरिरहेका हुन्छन्, कम पढेकाले त्यसलाई अकाृे अर्थमा बुझिरहेको हुन सक्छ । जब कसैले भनेको कुरालाई नै अकृै बुझिन्छ भने त्यहाँ स्वतः समस्या उत्पन्न हुनै नै भए । एउटाको एकदमै फराकिलो सोच र अर्काेको संकुचित सोच भयो भने पनि सम्बन्ध त्यतिकै बिग्रेर जान्छ । दम्पत्ती भएपछि प्रायः सधै सँगै बस्नुपर्ने हुन्छ, हरेक कुरामा छलफल गर्नुपर्ने हुन्छ तर एउटाले फराकिलो सोच राखेर निर्णय गर्न खोज्दा अर्काेको संकुचित सोचले नाईनास्ती गर्न सक्छ । यस अवस्थामा सम्बन्ध बिग्रन जान्छ । कोही कसैको बुभ्mने क्षमता नै छैन भने बुझाउनेलाई पनि त दिक्दारी हुन्छ । यस्तो अवस्थामा उनीहरु आफै मात्रै सही भन्ने ठान्छन् र एकअर्कालाई गलत देख्न थाल्छन् । मान्छेले आप्mनो योग्यता र क्षमता जति छ उसले सोही अनुसारको बोली र ब्यबहार गर्छ । जब दुई जनाबीचको योग्यताको 'ग्याप' धेरै छ भने दुई जनाको सोचाई र ब्यहार स्वत फरक हुने नै भयो । यसमा एउटा अपवाद के हुन सक्छ भने बुझाउने मान्छेले राम्ररी बुझाउन सके र बुभ्mनुपर्ने मान्छेले बुभ्mने चासो देखाए भने चाँही 'लेभल'को भूमिका शून्य हुन जान्छ । र, आवश्यकता पनि यही नै हो ।

त्यस्तै पेशाका कारण पनि कतिपय सम्बन्धहरु चुडिन्छन । शिक्षक, पत्रकार, वकिल र नेताबीचको सम्बन्ध जसोतसो मिल्न सक्ला तर यिनीहरुको सम्बन्ध कृषक, ब्यापारी, ड्राइभर, ईन्जिनियर लगायतसँग नमिल्न सक्छ । भनिन्छ डाक्टर/नर्सहरुको पीडा कमैले मात्रै बुभ्mछन् ।

नेपालको सन्दर्भमा यस मामिलामा महिलाहरुलाई झनै गाह्रो छ । एउटी महिला पत्रकार, महिला डाक्टर, नेतृ, नर्सलाई दामपत्य सम्बन्ध मिलाउन धेरै गाह्रो छ । भन्न खोजेको सम्बन्धित पेशाका ब्यक्तिहरुले बाहेक असम्बन्धित पेशामा एकले अर्काेको पेशाबारे बुझेका हुँदैनन र समस्या निम्तिन्छ । जब सम्स्या आईपर्छ अनि उनीहरुसँग दुई वटा बिकल्प रहन्छ । उनीहरु कि जागिर त्याग्छन कि दामपत्य सम्बन्ध त्याग्छन् ।

कतिपय अवस्थामा उमेरको फरकपनले पनि सम्बन्धहरु टिक्दैनन् । प्रायः मान्छेको सोच उसको उमेर अनुसार पलाउछ । उमेर अनुसारको सोच, ईच्छा, आकांक्षा, चाहना र भावनाहरु उत्पन्न हुन्छ । श्रीमान श्रीमतीबीचक उमेरको फरकपना धेरै नै भयो भने समस्या निम्तिन सक्छ । एउटाको चाहना अर्काेले नबुझ्न सक्छ ।

धनी र गरिवबीच हुने भेदभाव, शैक्षिकस्तरका कारण हुने भेदभाव, रोजगारीस्तरका कारण हुने भेदभाव, उमेरले पार्ने प्रभाव त बाहिर देखिने भेदभावहरु मात्रै हुन् । न्यूनस्तरकालाई मान्छे नै नगन्ने, सधै हेपिएरै बस्नुपर्ने, जे गरे पनि जे भने पनि मौन बस्नुपर्ने । अझ भनौ मालिक र अर्काे नोकर जस्तो भएर बस्नुपर्ने । जब दम्पतीबीच नै यस्तो सम्बन्ध हुन्छ भने यो नै हो तपाईको नरक । दामपत्य जीवन सुखी नभएपनि खुशी हुनुपर्छ । यस्तो ब्यवहारले दामपत्य जीवनमा न सुखी मिल्छ न त खुशी नै त्यसकारण यसरी बस्नुभन्दा अलग अलग बस्दा नै दुबैलाई शान्ति मिल्छ ।

हाम्रो समाजमा अझै पनि पर्याप्त चेतना प्रवाहित हुन सकेको छैन । आप्नो ब्यक्तिगत कुरामा भन्दा पनि फलानाले यसो गरे, धिस्कानाले उसो गरे भन्ने खालका मानसिकताहरु यत्रतत्र सर्वत्र छन् । त्यसकारण पनि अलि चेतनशील मान्छेहरु समेत आपूmले चाहे जस्तो ब्यवहार गर्न डराईरहेका छन् । छिमेकीले कुरा काट्लान् कि भन्ने डरले समेत हामी हैसियत हेरेर सम्बन्ध गाँस्न बाध्य छौ । ‘फलाना डाक्टर भएर पनि गाउँका केटी बिहे गरे’, ‘फलानाले त्यत्रो पढेर पनि गाउँका केटासँगमा बिहे गरेर गई ।’ चेतनशील ब्यक्तिहरु पनि यस्ता कुराहरुबाट डराएर हैसियत खोजिरहेका हुन्छन् ।

बिशेषतः दामपत्य सम्बन्धमा 'लेभल' हेर्नु गलत हो । तर जानी नजानी धेरैको मनमनमा 'लेभल'को भूत सवार भएको हुन्छ । त्यो भूतले बेलाबखत तर्साईरहेको हुन्छ । तपाईको नैतिकता, इमान्दारिता, सकारात्मक सोच, बुभ्mने बुझाउने कला इत्यादिले त्यो भूत मन्छाउन सकिन्छ । तपाई फराकिलो सोच राख्नु हुन्छ भने यो स्तरका कुरा नै बेकार हुन् । राम्रो मान्छे जो जस्तो स्तरको भए पनि मानवीय भावले समान स्तरमा सोच्ने शक्ति तपाईमा भयो भने हरेकसँग सम्मानजनक सम्बन्ध स्थापित हुन सक्छ । जब तपाई उच्चस्तरमा पुग्नुहुन्छ तब तपाईले विगतको हैसियत भुल्नु भएन । तपाई जुनसुकै हैसियतमा पुगे पनि सबै मान्छेलाई समान सोच्ने शक्ति चाहिन्छ । जब तपाईमा हैसियत नापेर ब्यवहार गर्ने सोच पलाउछ अनि समस्या निम्तिन्छ ।

rbalami2008@gmail.com

धेरै पढिएको