smart doko

उपचार गर्न नेपाल जाने परदेशीहरुको कथा

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ श्रावण १२ शनिबार | प्रकाशित १४:५४:१२
उपचार गर्न नेपाल जाने परदेशीहरुको कथा

उच्च आर्थिक अवस्था भएका अथवा सरकारले स्वास्थ उपचार खर्च ब्यहोर्ने कतिपय नेपालीहरु साधारण रोगको उपचारको लागि पनि विदेश जाने गरेका छन । सम्भवतः नेपालबाट सबैभन्दा धेरै विमारीहरु भारतमा उपचार गराउन जान्छन । तेश्रो मुलुक जानेहरुको संख्या पनि धेरै नै छ। राजनैतिक नेतृत्वहरु र उच्च ब्यापारीक घरानीयाहरु नियमीत स्वास्थ्य जाँचबुझ समेत विदेशतिरै गएर गर्छन ।

नेपालमा रहने मान्छेहरु उपचारको लागि विदेश जानु उनीहरुको रहर अथवा वाध्यता जे पनि हुन सक्ला । नेपाली डाक्टर र अस्पताल तिको अविस्वास या उच्च सुविधाको चाहाना अथवा विदेशी डाक्टर प्रतिको बढी भरोसाको कारणले पनि उनीहरु आफ्नो उपचार गराउन विदेश गएका होलान। उपचार गराउन त्यसरी विदेश जानु ‘नागरीक स्वतन्त्रता’को कुरा भयो यस विषयमा फेरि पछि चर्चा गरौंला।

आज हामी विदेशमा कार्यरत सर्वसाधारण नेपालीहरु स्वास्थ्यमा समस्या आउदा के गर्छन भन्ने विषयमा चर्चा गरौं। यो संसारको जुनसुकै देशमा रहे पनि यदी बैधानिक रुपमा बसेको छ भने विकसीत देशहरुमा साधारण स्वास्थ्यको विमा अनिवार्य गरिएको हुन्छ। विमाकै कारण उपचारमा सहुलियत पाईन्छ। विमाको प्रकार र ुट्रम्स एण्ड कण्डीसनुहरु हेरेर उपचार खर्च विमा कम्पनीले ब्यहोर्छ।

खाडी मुलुकहरुमा त स्वास्थ्य विमा अनिवार्य नै छ। निकै सस्तो वार्षीक अध्यावधिक गर्नुपर्ने विमा पोलिसी एकपटक लिएपछी सरकारी अस्पतालहरुले वर्षभरी साधारण स्वास्थ्योपचार निशुल्क गर्छन। सरकारी अस्पतालका डाक्टरले विशेषज्ञको उपलब्धता हेरेर निजी अस्पतालमा रिफर गरिदिए भने पनि त्यही बिमाले काम गर्छ त्यसैले अतिरीक्त खर्च भुक्तानी गरिरहनु पर्दैन।

आम सर्वसाधारणको लागि बिमाले नसमेट्ने रोगहरु सबैभन्दा भन्दा ठूलो समस्या बनेर आउछन । दाँतका समस्या, मुटु या मृगौला संबन्धी गम्भीर समस्याहरुलाई पनि विमाले समेट्न असमर्थता देखाउछ कुनैबेला त्यो समयमा नेपालीहरु गम्भीर समस्यामा पर्ने गरेका छन् । यस्तो अवस्थामा नेपाल फर्केर आफ्नो उपचार गर्नु एकमात्र विकल्प बाँकी रहन्छ आम मजदुर नेपालीहरुसंग।

केही बर्ष अगाडि म आँफै विमारी भएँ। दाँतको सबैभन्दा पर रहने खाली ठाउँ जहाँ बुद्दी बंगारो निस्कने ठाउँ भनिन्छ त्यहाँ अचानक मासुको गीर्खा देखियो। डाक्टरले जाँचेर औषधि दिए। त्यो गीर्खा जती औषधी सेवन गर्यो उति नै दह्रो हुदै आयो। सुक्ने हराउने छाँटकाँट देखाएन। दिनदिनै बढ्दै गयो। तिनहप्ता औषधी खाएपछि मलाई रिफर गरियो । अर्का डाक्टरले यो गीर्खाको तुरुन्तै अपरेसन गर्नुपर्ने नत्र गीर्खाले विकराल रुप लिनसक्ने बताए । साथमा मेरा लागि कम्पनीले गरिदिएको विमाले त्यो रोगलाई सम्बोधन नगर्ने स्पष्ट समेत पारे।

उपचार त गराउनु नै थियो । मैले अनुमानीत खर्चबारे जानकारी लिंदा छाँगाबाट खसेझैं भएँ। साधारण अपरेसन गरेर गीर्खा हटाउन अस्पतालको विल मात्र लगभग पाँचलाख नेपाली रुपैया आउने देखियो । म हतार हतार भोलिपल्टै नेपाल फर्कें। भरतपुर क्यान्सर अस्पतालले तुरुन्तै जाँचेर अपरेशन गरिदियो त्यो पनि सित्तैमा। बायोप्सी टेष्टको लागि केही रुपैंया लाग्यो , अस्पतालको खर्च एक दुई हजार भन्दा माथी गएन। मेरो अपरेसन एकजना विदेशी डाक्टरले गरेका थिए। समयमा सचेत भएर अस्पताल आएकोमा उनले मेरो तारीफ गरे। लगभग १५ दिनपछि बायोप्सी रिपोर्ट समेत नर्मल छ भनेर उनले मलाई ईमेल गरे र खुशी ब्यक्त गरे । लगभग एकलाख रुपैया जति खर्च भयो मेरो दुईतर्फी जहाज भाडा, काठमाडौ चितवन आउजाउ गर्दा अलिकती खर्च भयो तर म बसेको देशमा भनिएजस्तो अस्पतालको खर्च ठूलो आएन।बरु मेरो उपचारमा खर्च नै भएन।

मेरी एकजना साथी हङ्कङमा छन। उनको पेटमा साधारण समस्या थियो। उनको रोग के हो त्यहाँका डाक्टरले उनलाई कहील्यै भनेनन।गाईनो सम्बन्धी औषधी लगातार खुवाईरहे सेकविसेक नलागेपछि उनी बिदामा नेपाल गईन।नेपाल गएर चेक गराउदा उनी ग्याष्ट्रीकको रोगी भेटीईन। हङ्कङमा त्यत्रो पैसा खर्च गरेर गराएको उपचार बित्थैमा गराएजस्तो भयो। त्यता बस्ने अधिकांश श्रमीक नेपालीहरु विदामा नेपाल जाँदा राम्रोसंग उपचार गरेर फर्कने भन्दै नेपाल जाने समय पर्खेर बसेका हुन्छन। ब्यापारी र धनाड्यहरुको अवस्था फरक होला नत्र आम सर्वसाधारणहरु त्यता विमाले नसमेट्ने रोगको उपचार गराउन सक्ने अवस्थामा नरहेको देखिन्छ।

तुलनात्मक रुपमा ईजरायलमा उपचार सजिलो रहेको कुरा बिगत एक दशकदेखि त्यहाँ कार्यरत रहेकी पर्वतकी दीपिका भुसाल बताउछिन्।रोजगारदाताले गरीदिएको बिमाले सम्पूर्ण उपचार गर्छ तर अस्पतालमा बस्दा कुरुवाको अभाव हुने हुँदा अपरेशन गर्नपर्ने कतिपय बिमारीहरुले समेत नेपाल नै गएर उपचार गराउन पाए सजिलो हुन्थ्यो भन्ने मनस्थिति बनाएका हुन्छन्। लामो समयसम्म औषधि सेवन गर्दा पनि निको नभएका बिमारीहरुको डाक्टरप्रतिको विश्वसनीयता पनि घटेको हुन्छ। डाईग्नोसिसको तरिका मन नपरेको कारण अथवा अन्य धेरै कारणले ईजरायलमा पनि बिदामा नेपाल जाँदा उपचार गराउने भनेर पर्खनेहरु प्रसस्तै भेटिन्छन।

अमेरिकामा एकजना पत्रकार विमारी भएर अस्पताल भर्ना हुनुपर्यो। त्यहाँ उपचार खर्च यती उच्च छ की उनले कमाएको धनले उनको उपचार खर्च थेग्न सकेन। अमेरिकामा रहेका नेपाली पत्रकारहरुको संस्था “नेजा” ले चन्दा उठाएर पत्रकार साथीको उपचार गराउन सहयोगको लागि अपील गरेको देखिन्छ।

अमेरिका संसारको सबै भन्दा सुबिधा सम्पन्न देश हो। स्वास्थ्य उपचारको लागि पनि त्यहाँका सुबिधाहरु अब्बल नै छन्। स्वास्थ्य बिमा भन्दा बाहिरको जिन्दगी परिकल्पना समेत गर्न सकिदैन त्यहाँ। बिमितले कर तिर्नु अगाडि पाउने सुबिधाको कारणले पनि स्वास्थ्य बिमा त गरेकै हुन्छन जो कोहि पनि। कर दाखिलाको लागि समेत स्वास्थ्य बिमा अनिवार्य जस्तै हुन्छ। तर पनि ति तमाम सुबिधाहरुको बाबजुद आप्रवासीहरुसंग बग्रेल्ती समस्याहरु छन्।

बिमाले नसमेंट्ने रोग त्यहाँ बिरलै छन् तर पनि त्यस्ता अवस्थाहरु आइपर्छन जतिबेला खल्तीबाट पैसा तिर्नुपर्ने हुन्छ। अमेरिकाको टेक्सासमा बसोबास गर्दै आइरहेका संचारकर्मी किशन रेग्मीका अनुसार त्यहाँ स्वास्थ्य बिमा निकै प्रभावकारी छ। अठार बर्ष भन्दा मुनिका बालबच्चा, त्यही देशका नागरिकहरु, अथवा त्यहाँको पीआर लिएका मान्छेहरुको हकमा स्वास्थ्य बिमाले अधिकांश जोखिम ग्रहण गर्छ तर बिद्यार्थी हरु र भ्रमणमा गएकाहरुलाई आइपर्ने स्वास्थ्य समस्याले धेरै समस्यामा पार्ने गरेको छ। अझ अबैधानिक तरिकाले बसोबास गरिरहेको व्यक्ति बिमारी परेको खण्डमा उपचार गराउन असम्भव जस्तै हुन्छ।त्यसरी बिमा बाहिर उपचार गराउन परेमा त्यहाँ उपचार गर्दा हुने खर्चले त झन् ढाड नै सेक्छ।

अघिल्लो बर्ष नेपालबाट छोरा बुहारी भेट्न गएका एकजना नेपाली बिमारी परे। उनलाई ईमर्जेन्सिमा अस्पताल लगियो। तीन दिनमा डिस्चार्ज गर्दा अस्पतालको बिल १५ हजार डलर उठ्यो। त्यो खर्च तिर्न सक्ने सर्वासाधारणको हैसियत हुदैन। १५ हजार डलर भनेको निकै ठूलो रकम हो। अस्पतालमा आफ्नो अवस्था खुलाएर डिस्काउन्टको लागि अपिल गर्न सकिन्छ तर त्यसरी हुने छुट पछि पनि त्यो पैसा तिर्न गाह्रै हुन्छ । अमेरिकामा पनि नेपालीहरु भेटिन्छन जो नेपाल जाँदा ढुक्कैसंग उपचार गराउने भनेर साधारण किसिमका रोगहरु खपेरै बस्छन।“यो पटक त नेपालमा राम्रो संग चेक गराएर आएँ” भनेर आफ्नो आत्मसन्तुष्टी ब्यक्त गर्ने धेरै नेपालीहरु भेटिन्छन अमेरिकामा ।

खाडीमा एक त उपचारमा ‘पारदर्शिताको’ कमी छ। बिमारीले मलाई के भएको हो र कुन बिमार लागेर कुन रोग लागेर यो औषधिको प्रयोग ममाथि भईरहेको छ भनेर डाक्टरसंग सोध्ने हैसियत राख्दैनन् । त्यसमाथि झन् भाषाको समस्याले गर्दा डाक्टर र बिमारीको बिचमा समझदारी हुनै नसक्ने अवस्था रहेको छ । बिमारीले आफ्नो समस्या ब्यक्त गर्न नजान्ने र डाक्टरले तल्लो तह बाट लेखिएर आएका कुराहरुको आधारमा मात्र उपचार गर्दा धेरै बिमारीहरु समस्यामा रहेको देख्न सकिन्छ।आफुलाई के भएको हो अथवा कुन रोगको उपचार भईरहेको छ भन्ने कुरा समेत थाहा नपाउदा बिमारीहरु निराश देखिन्छन ।

धेरै पढिएको