suv

विश्वकपमा पीडाले मैदानमा ढलेँ, अभिनय गरेको होइन : नेयमार

ताजा अपडेट
fast-track
Liberty
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ श्रावण १५ मंगलवार | प्रकाशित ०७:०:०८
विश्वकपमा पीडाले मैदानमा ढलेँ, अभिनय गरेको होइन : नेयमार

ब्राजिल

ब्राजिलका प्रसिद्ध फुटबल खेलाडी नेयमार दा सिल्भा सान्तोस जुनियरले विश्वकपमा आफू माथि लागेको ‘कृतिम अभिनय’ बारेको आलोचना आफ्नो बाल्यकाल देखिको गुण भएको बताएका छन् । ब्राजिलियन फुटबलका टोली प्रमुख स्ट्राइकर नेयमारले रसियामा सम्पन्न भएको खेलमा ‘अस्वभाविक अभिनय’ गरेको भनी विश्वभर भएको आलोचनाबारे मुख खोल्दै उनले यस्तो भनेका हुन् ।

मेरो खुट्टाका नलीमा जुत्ताको चोट लाग्दा, मेरुदण्डमा ठक्कर लाग्दा, खुट्टामा विपक्षी साथीहरूको पैतालाले कुल्चिँदा म जमिनमा ढल्नु स्वभाविक हो, उनले एक टेलिभिजन कार्यक्रममा बोल्ने क्रममा भनेका छन् , पीडाले जमिनमा म ढल्दा अस्वभाविक लागेको हुनसक्छ वा दर्शकले यसलाई अस्वभाविक अभिनय भन्नुभयो होला तर यो मेरो बाल्यकाल देखिकै बानी हो ।

पेरिस सेन्ट जर्मेनका फरवार्ड नेयमारले पोर्चुगाली भाषामा यस्तो जवाफ दिएका हुन् । तपाईँहरू सबैले सोच्नुहोला खेलका समय म धेरै नै लडेँ । तर वास्तवमा म लडेको हो, अभिनय गरेको होइन , उनले भने, हुनसक्छ, खेलका समय मैले शरीरलाई केही सन्तुलित पार्न सक्नु पर्थ्यो, त्यो सक्दिन । यो मेरो स्वभाव बनिसकेको छ ।

उनले चोटकै कारण शरीरलार्इ सन्तुलित बनाउन नसकेको पनि बताएका छन् । यसबाट मलाई नै खुट्टाको गोलीगाँठोमा चोट लागेको छ , उनले भने, गत फेब्रुवरीमा शल्यक्रिया नै गर्नुपरेको थियो । नेयमारले घमण्ड गरेर मैदानमा नलडेको पनि बताएका छन् । मैले एउटा अभिमानी बालकले जस्तो गलत धारणा राखेर लडेको होइन, तर म अझै मेरो समस्यालाई व्यवस्थापन गर्न सिकिसकेको छैन , उनले भने, म भित्र त्यहाँ अझै पनि केटाकेटीपन रहेको छ र कहिलेकाँही यसले विश्वलाई दिग्भ्रमित पारिदिन्छ । उनले खेलप्रेमीको आलोचनाले आफूलाई कमजोरी सच्चाउने अवसर मिल्ने पनि बताएका छन् । यसबाट ब्राजिलको फुटबल क्षेत्रलाई पनि सुध्रने अवसर प्राप्त हुनेछ , उनले थपेका छन् ।
अन्नपूर्णबाट