smart doko

सावधान ! २०२५ सम्म बच्चामा ७० प्रतिशतले मधुमेह बढ्ने सम्भावना

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ श्रावण १७ बिहीबार | प्रकाशित १८:५९:५१
सावधान ! २०२५ सम्म बच्चामा ७० प्रतिशतले मधुमेह बढ्ने सम्भावना

काठमाडौं । आज भोली बच्चामा मधेमेहको समस्या बढ्दै गएको छ । एक अनुसन्धान अनुसार २०२५ सम्म बच्चामा ७० प्रतिशतले मधुमेश बढ्ने सम्भावना छ । यसको मुख्य कारण हो खानपानमा पोषण तत्वको कमी ।

साथै सडेगलेका र बासी खाना धेरै खानाले पनि यो समस्या उत्पन्न हुन्छ । बच्चाको बढ्ने उमेर भएकोले गर्दा उनीहरुलाई पौष्टिक खाने कुरा दिन आवश्यक पर्दछ किनभने उनीहरुको शरीरिक र मानसिक विकासमा यसले मद्दत गर्छ ।

बच्चाको खानेकुरामा के-के हुनुपर्छ
१) केरा: म्यागनेसियम र पोटासियम
बच्चाको नियमित डाइटमा एक टाइममा फलफूल समावेश गर्नुहोस । बढ्ने बच्चाको लागि केराले निकै फाइदा गर्छ । केरालाई लिएर मान्छेहरु भ्रममा छन् कि यसले माटोपन बढाउँछ तर यो गलत हो । केरामा पोटासियम र म्यागनेसियमको मात्रा बढि हुन्छ ।

२) पालुङ्गोको सागले आइरनको कमी हटाउँछः
हरियो साग सब्जीले हाम्रो शरिरलाई स्वस्थ्य राख्दछ । पालुङ्गोमा पाइने फाइबरले दिमागलाई तेज बनाउनुको साथै अनुहारमा चमक पनि ल्याँउछ । तपाईको बच्चाको खानामा पालुङ्गोको सुप, दाल, रोटी र हरियो साग सब्जी नियमित राख्नुहोस जसले उनीहरुको स्वास्थ्य राम्रो हुन्छ । यी खानेकुरामा आइरन पनि भरपूर पाइन्छ ।

३) बासी खानेकुरा नखाने
जंक फूडहरु खानाले शरिरको रोगसँग लड्ने क्षमता कम हुँदै जान्छ । विशेष गरि पानी पर्ने मौसममा बच्चाहरु बढि विमारी हुने गर्छन् । त्यसैलाई आफ्नो बच्चाहरुलाई बाहिरको बासी सडेढेगलेका खाने कुराहरुबाट टाढै राख्नुहोस ।

४) दूध: क्यालसियम
राती सुत्नु भन्दा अगाडि बच्चालाई एक कप दूध पिउन दिनुहोस । यसले बच्चाको शरिरको हडी बलियो बनाउँछ । दूधमा चिनी र चकलेट नमिसाउनुहोस यसले खासै फाइदा गर्दैन् । बच्चालाई बदाम, काजू, बटर, खान दिनुहोस् जसले बच्चालाई धेरै फाइदा गर्छ ।

 

धेरै पढिएको