smart doko

प्रदूषणबाट आफुलाई बचाउँन यी ७ चीज खानुहोस्

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ श्रावण १८ शुक्रबार | प्रकाशित १८:३९:०४
प्रदूषणबाट आफुलाई बचाउँन यी ७ चीज खानुहोस्

काठमाडौं । तपाई जहाँ जानुहोस् त्यहाँ प्रदुषण पुगेकै हुन्छ । यसबाट हामी बच्न सक्दैनौं । जहाँ जहाँ हावा पुगेको हुन्छ त्यहाँ प्रदुषण पनि पुगेकै हुन्छ । अझ काठमाडौं उपत्यकामा हुनुहुन्छ भने धुलो धुवा र प्रदूषण धेरै फैलिएको छ । तपाईको शरीरमा हरेक दिन धुलो धुवा रहेको हुन्छ । 

हालत यस्तै हो भने तपाई हामीमा गर्नको लागि के बाँकी छ ? तपाई हामीलाई प्रदूषणले हानि नपुर्‍याउन के गर्न सकिन्छ त ? उपाय एकदम सीधा छ कि तपाईको अर्गान यानी कि तपाईको दूषित तत्व बाहिर निकाल्ने प्रकृया नै तपाईलाई यो खतराबाट बचाउन सक्छ । जब बाहिरी प्रदूषणको लागि तपाई केही गर्न सक्नुहुन्न भने आउनुहोस यी चिज सेवन गर्नुहोस र तपाईको शरीरको प्रतिरक्षालाई बलियो बनाउनुहोस् ।

१. टमाटरः
टमाटरमा लाइकोपिन हुन्छ । लाईकोपिन एन्टिअक्सिडेटको रुपमा काम गर्छ । यसले श्वासप्रश्वासको चारैतिर एउटा सुरक्षा लेयर बनाइदिन्छ । जस्ले श्वासप्रश्वासमा धुवा र धुलोको कणहरुलाई भित्र जानबाट रोक्ने काम गर्छ ।

२. अमलाः
अमला स्वास्थ्यको लागि वरदान भएको कुरा विभिन्न अध्ययनले पनि प्रमाणित गरिसकेको छ । अमलाको सेवनले प्रदूषित धुवाको कारण शरीरमा भएको सबै विकारहरु निकालेर फ्यालिदिन्छ र कलेजोलाई यो खतराबाट बचाई राख्छ ।

३. बेसारः
बेसार सबैभन्दा अधिक शक्तिशाली एक्टिअक्सिडेट हो । यस्ले फोक्सो र कलेजोलाई हानिकारक धुवाबाट बचाउने काम गर्छ । बेसार र घीउ मिलाएर खाएमा दम र खोकीलाई पनि टाढा राख्छ ।

४. तुलसीः
तुलसीको पातले फोक्सोलाई प्रदूषणबाट बचाउँछ । जहाँ तुलसीको विरुवा छ त्यहाँ हावा स्वतः शुद्ध हुन्छ । राम्रो स्वास्थ्यको लागि तुलसीको विरुवा आफ्नो आसपास अवश्य राख्नुहोस् र दैनिक तुलसीको पातको पानी पिउनुहोस् ।

५. भिटामीन सी भएको फलफुल सेवन गर्नुहोसः
भिटामीन सी भएको फलफुल जस्तै सुन्तला, कीवी, अमिलो, नरिवल र अम्बाले तपाईलाई प्रदुषणबाट बचाउँछ । यो प्राकृतिक एन्टिएक्सिडेट हो ।

६. गुँड/सक्खरः
श्वासको समस्याको लागि गुँड धेरै फाइदाजनक हुन्छ । दम र ब्रोंकाइटिस भएमा गुँड सेवन गरे आराम मिल्छ । तिलको साथमा गुँड श्वासको कठिनाईलाई हटाउँछ ।

७. ग्रीन टीः
एन्टिअक्सिडेटले भरिपुर्ण ग्रीन टीको सेवनले शरीरको दुषित तत्व बाहिर निकाल्ने काम गर्छ । दिनमा दुई कप ग्रीन टी सेवन गर्नाले तपाईको श्वासप्रश्वास प्रकृया एकदम सफा हुन्छ ।

धेरै पढिएको