suv

नेपालमा फूलखेतीः कोपिला जस्तै फक्रँदै

ताजा अपडेट
fast-track
Liberty
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ श्रावण १९ शनिबार | प्रकाशित १४:५०:१०
नेपालमा फूलखेतीः कोपिला जस्तै फक्रँदै

बास्ना र सौंन्दर्यको अर्को नाम हो फूल । शायदै होलान् फूल मन नपराउनेहरु । अनि थोरै होलान्, यसको महत्व नबुझ्नेहरु ।

फूललाई नै केन्द्रित गरेर थुप्रै गीतकार र साहित्यकारहरुले आफ्ना श्रृजनाहरु पस्किएका विगतहरु छन् ,हामीसँग । अनि यसको वर्तमान पक्ष पनि कम सशक्त छैन । हिन्दु धर्ममा कुनै चार्डपर्व होस् वा धार्मिक उत्सव पहिले फूलकै खोजी हुन्छ । पौराणिक पक्ष केलाउने हो भने पनि त्रेता युगमा लंकाका राजा रावणसँग पुष्पक विमान (फूलबाट बनाईएको विमान ) थियो भन्ने कुरा रामायणमा वर्णन गरिएको छ । पौराणिक विषयहरुमा विश्वास होला÷नहोला यसै भन्न सकिन्न । तर आधुनिक युगमा फूलप्रति झुकाव राखेर यसलाई व्यवसायिकता दिनेहरु प्रति भने हामीले विश्वास गर्नै पर्छ ।

पुष्प व्यवसायको भविष्य के छ त, नेपालमा ? विज्ञहरु भन्छन्–‘ यो व्यवसाय अहिले फूलको कोपिला जस्तै छ । फूल फक्रिएर सबैलाई आनन्दित बनाए झैं यसले एकदिन व्यवसायीहरुलाई पनि सफलताको शिखरमा पु¥याएरै छोड्छ । ’

नेपालमा विगत ४० वर्षदेखि व्यवसायीक रुपमा फूल खेतीको शुरुवात भएको हो । व्यवसायीक रुपमा शुरु हुनु भन्दा अगाडि आफ्नो व्यक्तिगत प्रयोजनको लागि घर छेऊ–छाऊ आँगनका डिलहरुमा फूल रोपिने गरिन्थ्यो । यसको महत्वलाई बुझेर अहिले नेपालका करिव ६ सय ५० व्यवसायीहरु नर्सरी उत्पादन र सयौं कृषकहरु फूलखेती तथा व्यापारतर्फ लागेका छन् । तैपनि वार्षिक करोडौंको व्यापार हुने यसको मागलाई धान्न नसकेर दशैं तिहार जस्ता चार्डपर्वहरुमा भारतबाट पनि आयात गरिने गरिएको छ ।
नेपालको प्रायः सबै ठाउँहरुमा फूलको खेती गर्न सकिन्छ । अहिले यति नै प्रजातीका फूलहरु पाइन्छ भन्न नसकिए पनि विश्वमा पाइने अधिकांश फूलहरु यहाँ पाइन्छ । फ्लोरी कल्चर्स एसोसिएसन नेपालका अनुसार धेरै जसो फूल उत्पादन हुने भएका कारण नेपालमा उत्पादित कतिपय प्रजातीका फूलहरु भारत, जापान तथा स्पेन सम्म निर्यात हुने गरेको छ । तर विविध कारणले व्यवसायलाई निरन्तरता दिन नसकिएकाले अहिले केहि समयदेखि नेपालको फूल विदेश निर्यात रोकिएको छ । ‘जापान सम्म फूल निर्यात गर्ने सबैभन्दा ठूलो एभरेष्ट फ्लोरी कल्चर्स, सुन्दरीजल अहिले आन्तरिक कारणले बन्द छ ।’ एसोसिएसनका निवर्तमान अध्यक्ष श्रीधर कार्की भन्छन्–“त्यसैले माग धेरै भएपनि हामीले विदेशको माग अनुशार फूल बाहिर पठाउन सकेका छैनौं ।” पछिल्ला दिनहरुमा आफैंलाई पुग्ने उत्पादन नभएका कारण पनि फूल विदेश निर्यात गर्न नसकिएको उनको भनाई छ ।

हाम्रो संस्कृति र चार्डपर्व अनुसार दशैं–तिहारमा धेरै फूलको माग हुने गर्छ । यो समयमा गोदावरी, मखमली तथा सयपत्रीको अत्याधिक खपत हुने कारणले गर्दा नेपालको उत्पादनले नपुगेपछि भारतबाट पनि ल्याइन्छ । त्यस्तै भ्यालेन्टाइन डे मा गुलावको खपत धेरै हुन्छ । अरु समयमा पनि फूलको माग नहुने होइन । पछिल्लो समयमा स्थानिय जातका अतिरिक्त भारत र हल्याण्डबाट हाईब्रिड जातका फूलहरु ल्याएर खेती गर्ने गरिएको कार्कीले बताए ।

देशका विभिन्न भागहरुमा प्रायः वर्षायाममा नै फूलको खेती गरिन्छ । विगत केहि वर्ष देखि अन्य खेती जस्तै फूल खेती पनि कृषकहरुको मुख्य पेशा नै भईसकेको छ । राजधानीको बजारमा आसपासका गाउँहरु रामकोट, फर्पिङ, इचंकुनारायण लगायतबाट फूलहरु ल्याइने गरिएको छ । बहुसंख्यक जनसंख्या कृषिमा संलग्न भएपनि सरकारले यस तर्फ गर्नु पर्ने जति सहयोग नगरेका कारण नेपालको फूल व्यवसाय प्रभावित भएको छ । यस तर्फ बैंक तथा अन्य वितिय संस्थाहरुले सहयोग गर्ने हो भने कृषकहरुलाई सजिलो हुने फ्लोरी कल्चर्सका श्रीधर कार्कीको भनाई छ ।

नेपालमा फूल खेतीलाई फस्टाउने वातावरण मिलोस् भनेर प्रत्येक वर्ष फ्लोरी कल्चर्स एसोसिएसनले पुष्पमेला प्रर्दशनीको आयोजना गर्दै आएको छ । यस अन्र्तगत गएको चैत महिनाको दोस्रो हप्तामा राजधानीको भृकुटीमण्डपमा सत्रौं पुष्पमेला प्रर्दशनी भएको थियो । प्रर्दशनीमा देशका थुपै्र नर्सरीहरुको सहभागिता रहेको थियो । गएको वर्ष भएको पुष्पमेला प्रर्दशनीमा देशका विभिन्न भेगका नर्सरीहरुको ५१ वटा स्टलहरु रहेका थिए । प्रर्दशनी अवधीभर २ लाख भन्दा बढी दर्शकहरुले अवलोकन गरेको र करिव ६० लाख रुपयाँ बराबरको कारोवार भएको एसोसिएसनले जानकारी गरायो । यहाँ मौसम अनुशार र सदावहार गरि सयौं प्रजातीका फूलहरुको प्रर्दशनी गरिएको थियो ।

समग्रमा हेर्दा नेपालमा पुष्प व्यवसायको भविष्य राम्रो छ । तर धेरै कारणहरु छन्, जसले चाहेर पनि यहाँको व्यवसायलाई फस्टाउन दिएको छैन । यसमा भएका अप्ठ्याराहरुलाई पन्छाएर खेती गर्ने हो भने पक्कै पनि यसबाट कृषकहरुले नसोचिएको फाईदा लिन सक्ने छन् । सम्बद्ध व्यवसायीहरु भन्छन्–“ नेपालको फूल व्यवसायलाई फूल जस्तै फक्रिन सक्ने बनाउने हो भने सयौं युवाहरुले रोजगारीका लागि विदेश जानु पर्दैन ।”