suv

ध्यू कति खाने, कसरी खाने

ताजा अपडेट
fast-track
Liberty
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ श्रावण २० आईतवार | प्रकाशित १८:०२:०८
ध्यू कति खाने, कसरी खाने

ध्यू सबै नेपालीको भान्छाको प्रिय खानेकुरा हो । हाम्रो भान्छामा पाक्ने अधिकांश परिकारमा ध्यूको मात्रा हुने गरेको छ । हामी मध्ये धेरैलाई ध्यू खान मन लाग्छ भने कतिपयलाई नलाग्न पनि सक्छ । कोही कोही ब्यक्तिलाई त ध्यू अत्याधिक खान पनि मन लाग्छ । तर चिकित्सा विज्ञानले भने धेरै ध्यू खानु स्वास्थको लागि फाइदाजनक हुदैंन । तर थोरै खानु पनि राम्रो भने होईन भन्ने नै रहेको छ ।

धेरै ध्यू खानु बेफाइदाजनक

धेरै ध्यूको सेवन गर्दा शरीरमा बोसोको मात्रा बढ्न थाल्छ । मोटो शरीर भएपछि शरीर कमै चलायमान हुने हुनाले धेरै किसिमका रोगहरु देखा पर्न थाल्छ । यदी ध्यूको अत्याधिक सेवन गरिन्छ भने सोही अनुसार शरीरलाई शारीरिक श्रम गराउनु पर्छ । यदी ध्यूको उपलब्धता र शारीर धेरै नै कामकाजी प्रकृतिको छ भने दैनिक रुपमा १० ग्रामसम्म ध्यू खानु बेफाइदाजनक मानिदैन ।

दुई चम्चा ध्यू मात्र

ध्यूको सेवनले तौल बढ्छ भन्ने धेरैको मान्यता रहेको छ । तर ध्यूको मात्रा मिलाएर सेवन गरेमा दैनिक रुपमा ध्यू खाएर पनि तौललाई घटाउन सकिन्छ । खानामा एक चम्चा ध्यू मिसाएर खादाँ खाना बिस्तरै पच्ने काम गर्छ । बिस्तारै पच्दा शरीरमा अनावश्यक ग्लोकोजको मात्रा बढ्दैन र शरीरमा बोसो जम्मा हुन पाउदैन ।

ध्यूको फाइदा नै धेरै

ध्यूले शरीरलाई बलियो बनाउछ । ध्यूले शरीरमा रहेको अनावश्यक पदार्थ जस्तो टक्सिनहरुलाई हटाउन पनि मद्धत गर्छ । ध्यूमा रहेको भिटामिन ए, डी, ई र के ले शरीरमा इम्युनिटि पावर बढाउछ । ध्यूको नियमित सेवनले कपाल लगायत छालाको चमक पनि बढाउने काम गर्छ ।

ध्यू खराव खानेकुरा होईन

धेरै ध्यू खानु स्वास्थलाई बेफाइदाजन भएपनि यसको थोरै मात्रामा नियमित रुपमा सेवन गरेमा शरीरलाई धेरै किसिमको फाइदा पुर्‍याउने गर्छ । ध्यूमा हेल्दि चिल्लोपन रहेको हुन्छ । आयुर्वेदको अनुसार ध्यूमा ओमेगा–३ फ्याट्टि एसिड रहेको हुन्छ । जसलाई राम्रो कोलेस्ट्रोल बढाउन सहयोगी मानिन्छ । यसले शरीरमा रहेको खराव कोलेस्ट्रोललाई हटाउन मद्धत पनि गर्छ । ध्यूको नियमित सेवनले पाचनक्रियालाई राम्रो गराउदैं बोसोलाई एकै ठाउँमा जम्मा हुन पनि दिदैन ।

गाईको ध्यू खाने गरौ

डायटिसियनहरुका अनुसार हाम्रो शरीरका लागि गाईको ध्यू उत्तम मानिन्छ । गाईको ध्यूमा पौष्टिक तत्व भरपूर हुन्छ । यो भनेर धेरै ध्यूको सेवन गर्नु शरीरका लागि बेफाइदा जनक पनि हुन्छ ।