smart doko

अदुवाबाट हुने १० फाइदा

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ श्रावण २० आईतवार | प्रकाशित १८:४१:२८
अदुवाबाट हुने १० फाइदा

काठमाडौं । हामी अदुवा खाने त गर्छौ तर यसको फाइदा र महत्वको बारेमा त्यति राम्रोसँग बुझेका हुँदैनौं । हामीले कहिले काँही मात्र अदुवालाई प्रयोग गर्ने गर्छौ । त्यहि पनि थारै मात्रामा । ५ हजार वर्ष पहिले देखि नै अदुवामा हुने विशेष गुणहरुका बारेमा पत्ता लागिसकेको छ ।

अदुवामा धेरै भिटामिनका साथसाथै म्यागनिज र कपर पनि पाईन्छ । जसले शरीर राम्रो रुपमा सुचारु गर्न महत्वपुर्ण भुमिका खेल्ने गर्छ । अदुवालाई हामी विभिन्न किसिमले प्रयोग गर्न सक्छौं । अझ यसलाई जुसको रुपमा प्रयोग गर्न सक्नु सबैभन्दा राम्रो उपाय मानिन्छ ।

अदुवाबाट हुने १० फाईदाहरुः
१ अदुवाको जुस धेरै गर्मीहुने व्यक्तिहरुलाई वरदान जत्तिकै सावित हुने गर्छ । यसले धेरैै गर्मी हुने मानिसलाई गर्मीको मात्रा कम गर्न सहयोग गर्ने गर्छ । तर जोर्नी सम्बन्धी बिरामीहरुलाई अदुवाको पुरानो जुसले असर गर्ने गर्छ ।
२ अदुवाले क्यान्सर जस्ता रोगहरुबाट बचाउने गर्छ । यसले क्यान्सर उत्पन्न गर्ने सेल्सलाई मारिदिन्छ । एक सोधका अनुसार अदुवापानले स्तनमा हुने क्यान्सरलाई रोक्न सहयोग गर्छ ।
३ अदुवाले ब्लड प्रेसर हुने समस्याबाट पनि बचाउँछ । किनभने अदुवामा ब्लड पातलो गराउने गुण हुन्छ । त्यसैले ब्लड प्रेसरको औषधीको रुपमा पनि अदुवालाई लिने गरिन्छ ।
४ सबै प्रकारका बिरामीहरुलाई अदुवाको जुसले फाइदा गर्ने गर्छ । टाउको दुख्ने देखि दाँत दुख्ने सम्मका रोगहरुको लागि अदुवाको जुस प्रभावकारी हुने गरेको छ ।
५ अदुवाको जुसले गठिया र थायराइडका बिरामीहरुलाई फाइदा गर्छ । यस किसिमका रोगको किटाणहरुलाई मार्ने गर्दछ ।
६ अदुवाको जुसले रक्त सञ्चार छिटो प्रसारण हुने काममा सहयोग गर्ने गर्दछ । यसकै कारणले हामीलाई ब्लड प्रेसर जस्ता समस्याहरुले सताउँदैन् । साथै यसको सेवनले हृदयघात हुने समस्याबाट पनि बचाउँछ ।
७ अदुवाले हामीलाई जाडोबाट पनि बचाउँछ । यसले जाडो कम मात्र नभएर जाडो बनाउने सुक्ष्म किटाणुहरुलाई समेत नष्ट गरिदिन्छ ।

  • यदि कोही आफ्नो कपाल लामो र बाक्लो बनाउन चाहानुहुन्छ भने अदुवाको शुद्ध रसको प्रयोग गर्नुपर्ने हुन्छ । उक्त रसमा पानीको मात्रा शुन्य हुनुपर्ने हुन्छ । जसको प्रयोगले कपाल लामो हुनुका साथै बाक्लो बनाउने काम गर्छ ।
  • यदि कसैलाई छाला सम्बन्धि रोगले सताएको छ भने अदुवाको प्रयोग गर्न सक्नुहुन्छ जसको कारणले छालामा लागेका रोगहरु पनि निको पार्छ ।
  • यदि कसैलाई पाचन क्रिया सम्बन्धि समस्या छ भने अदुवाको रस पान गर्दा यस किसिमका समस्याहरुबाट छुटकारा पाउन सकिन्छ ।
धेरै पढिएको