smart doko

तपाइको मोबाइल हरायो ? यसरी खोज्नुहोस् (भिडियोसहित)

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ श्रावण २१ सोमबार | प्रकाशित १७:४०:५७
तपाइको मोबाइल हरायो ? यसरी खोज्नुहोस् (भिडियोसहित)

काठमाडौं । गत वैशाख २८ गते भारतीय प्रधानमन्त्री नेपालको दुई दिने राजकीय भ्रमणमा आएका थिए । प्रधानमन्त्रीको नेपाल भ्रमणका क्रममा सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको थियो । सवारी साधनहरु जथाभावी चल्न पाईरहेका थिएनन् । यात्रुहरु आफ्नो गन्तव्यमा जान सवारीको पखाईमा थिए । काठमाडौंस्थित पुरानो बसपार्कमा यात्रुहरुको चाप अत्यन्तै धेरै थियो ।

दिनभर अफिसमा काम गरेर घर फर्किनलाई बस चढ्न भनेर संगीता गिरी पुरानो बसपार्क पुगिन् । सधै झै त्यो दिन पनि आफ्नै सुरमा थिईन् । दिनभरको अफिसको काममा थकित रहेकी संगीतालाई चाडो घर पुग्न पाए हुन्थ्यो जस्तो लागिरहेको थियो । केही समयपछि बस आयो ।
बसभित्र चढेर आफ्नो गोजीमा हात हाल्दा त मोबाईल फोन छैन् । सधै झै आफ्नो गोजीमा राख्ने मोबाईल त्यो दिन भने एकाएक हरायो । आफ्नै गोजीबाट निकालिएको मोबाईलबारे उनले चाल पाईनन् ।

एक फोन हराएको चिन्ता त अर्को तिर परिवारको गाली खाने चिन्तामा उनी साथीको सल्लाह अनुसार एक हप्तापछि उनी अपराध महाशाखा टेकु पुगिन् मोबाइल हराएको रिपोर्ट गर्न ।

रिपार्टको लागि फोनको सेटमा रहेको आईएमइआईनम्बर लेखेर रिपार्ट गरेर १ महिनापछि आउन सुझाइयो । र अर्को कुरा फोन भेटिने र नभेटिने कुनै फिक्स नहुने रिपोर्ट लेखाउने क्रममा प्रहरीले भने । त्यसपछि उनको आश सधैको लागि मर्‍यो । उनी जस्तो १० औं जना मानिसहरु त्यहाँ रिपोर्टको लागि पर्खिरहेका थिए ।

रिपार्ट गर्ने १० औं जनामा फेला पर्नेको संख्या १/२ जना मात्र थियो । उनी त एक प्रतिनिधी पात्र मात्र हुन् । उनी जस्तो कैंयौले यो दुःख भोगिरहेका छन् । अहिले काठमाडौं उपत्याकामै मात्र दैनिक ४५ को हाराहारीमा मोबाईल फोन हराउँछन् ।

विस्तृतमा भिडियो

धेरै पढिएको