smart doko

रमण मोटर्सको 'रनर मनसुन अफर', आकर्षक उपहारसहित ५० हजारसम्मको छुट

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ श्रावण २२ मंगलवार | प्रकाशित १६:४०:५१
रमण मोटर्सको 'रनर मनसुन अफर', आकर्षक उपहारसहित ५० हजारसम्मको छुट

काठमाडौं । रनर मोटरसाईकलको आधिकारिक बिक्रेता रमण मोटर्सले मनसुन अफर घोषणा गरेको छ । उक्त योजना अन्तर्गत जुनसुकै रनर मोटरसाईकलको खरिदमा ग्राहकले फ्री रेनकोट, पञ्जा, हेलमेट र रनरको टि–सट पाउने छन् ।

त्यस्तै हरेक मोटरसाइकलको खरिदमा ग्राहकले स्क्रयाच गरी १० हजार देखि ५० हजारसम्मको नगद छुट पाउने छन् । साथै एक्सचेन्ज अफरमा हाल सम्मकै उत्कृष्ठ मुल्यांकन र फाइनान्सको सुविधा समेत उपलब्ध गराएको छ ।

रमण मोटर्सले अहिले नेपालमा १५० सि.सि. सम्मका ७ ओटा मोडलका मोटरसाईकल तथा ११० सि.सि. को स्कुटर बिक्रि गर्दै आएको छ । रमण मोटरर्सले सबै मोडलहरुमा अहिलेसम्म कसैले नदिएको ६ वर्ष सम्मको वारेन्टी दिएको छ ।

धेरै पढिएको