smart doko

यस्तो छ एसियाकप छनोटको लागि घोषणा भएको प्रारम्भिक नेपाली टोली

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ श्रावण २४ बिहीबार | प्रकाशित १६:१५:२१
यस्तो छ एसियाकप छनोटको लागि घोषणा भएको प्रारम्भिक नेपाली टोली

काठमाडौं ।

एसिया कप छनोटका लागि प्रारम्भिक नेपाल टोलीको घोषणा गरिएको छ । मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले छनोट गरेको १९ सदस्यीय प्रारम्भिक टोलीमा शरद भेषवाकर भने परेनन् । नेदरल्याण्ड्सविरुद्धको अन्तर्राष्ट्रिय एकदिवसीय खेलका क्रममा चोट लागेका कारण भेषवाकर टिममा नपरेका हुन् । उनको दायाँ हातको कान्छी औंलामा चोट लागेको छ ।

नेपाली टोलीले आगामी साउन २९ गतेदेखि बन्द प्रशिक्षण सुरु गर्नेछ । त्यसपछि १५ सदस्यीय टोली घोषणा हुनेछ । जुन टोली मलेसियामा हुने एशिया कप छनोटका लागि त्यसतर्फ प्रस्थान गर्नेछ । मलेसिया जानुअघि नेपालले भदौ ४ गते ३ अभ्यास खेल र वैदेशिक तयारीका लागि श्रीलंका भ्रमण गर्नेछ ।

सहभागि देशहरु

भदौ १३ देखि २१ गतेसम्म हुने छनोटमा नेपालसँगै हङकङ, ओमान, मलेसिया, सिंगापुर र युएई छन् । प्रतियोगिताको विजेता टोलीले एशियाकपमा स्थान बनाउनेछ । एसिया कप सेप्टेम्बर १५ देखि २८ सम्म युएईमा आयोजना हुँदैछ । एशियाका टेष्ट मान्यताप्राप्त पाँच टोलीहरु भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र अफगानिस्तान छन् । उपाधि विजेताले भारत र पाकिस्तानसँग खेल्ने अवशर पाउनेछ ।

नेपालको खेल

छनोट प्रतियोगितामा नेपालको खेल ओमानसँग भदो १३ मा हुनेछ । भदौ १४ मा युएई, भदो १६ मा मलेसिया, १७ मा सिंगापुर र १९ मा हङकङसँग खेल्नेछ । राउण्ड रोविन लिगमा शीर्ष दुई स्थानमा रहने टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । 

नेपाली टोलीको ब्याटिङ कन्सल्ट्यान्टको रुपमा भारतीय प्रशिक्षक अपूर्व देसाई आउने निश्चित भएको छ ।

नेपाली टोली

कप्तान पारस खड्का

उपकप्तान ज्ञानेन्द्र मल्ल

अनिलकुमार साह

बसन्त रेग्मी

बिनोद भण्डारी

दिपेन्द्र सिंह ऐरी

करण केसी

किशोर महतो

ललित भण्डारी

ललितनारायण राजवंशी

मोहम्मद आरिफ शेख

प्रदीप ऐरी

रोहितकुमार पौडेल

सागर पुन

सन्दिप लामिछाने

सोमपाल कामी

सुवास खकुरेल

सुनील धमला 

सुशान भारी

धेरै पढिएको