smart doko

निशानको अन्त्येष्टि: छोराको शव देखेर बाबु आर्यघाटमै बेहोस हुँदा...

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ श्रावण २४ बिहीबार | प्रकाशित १७:१८:५७
निशानको अन्त्येष्टि: छोराको शव देखेर बाबु आर्यघाटमै बेहोस हुँदा...

काठमाडौं । गत सोमबार काँडाघारीबाट अपहरण गरी हत्या गरिएका ११ वर्षीय बालक निशान खड्काको अन्त्येष्टि गरिएको छ । मलेसियामा रहेका बाबु काठमाडौं आईपुगेसँगै उनको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको हो ।

निशानलाई बाबु गणेश खड्काले पशुपतिनाथबाट आएको ब्रम्हनालको जल दिएका थिए । हजुरबाबुले हिन्दु संस्कार अनुसार नातिलाई दागबत्ती दिए । निशानलाई श्रद्धाञ्जली दिन आर्यघाटमा आफन्तजनको भिड लागेको थियो। जुन दृश्यले पशुपति आर्यघाट क्षेत्रमा आएकाहरु पनि भावविहल बनेका थिए ।

मलेसियाबाट बिहीबार दिउँसो ३ बजे तिर बाबु गणेश पशुपति आर्यघाट पुगेका थिए । पशुपति आर्यघाट पुगेर छोराको अनुहार देख्ने विक्तिकै उनी ढले र बेहोस भए । छोराको अनुहार हेरेपछि उनी 'बाबु मेरो, बाबु...' यतिमात्र बोल्न सके । त्यसपछि सम्हालिन सकेनन्, र भक्कानिए।

साउन २० गते निशानको अपहरणपछि हत्या गरिएको थियो । उनको अपहरणगरी हत्या गर्ने २ जना पनि प्रहरी इन्काउन्टरमा मारिएका छन् । भक्तपुरको ठिमिस्थित पाइलटबाबा आश्रम जाने बाटोमा प्रहरी इन्काउन्टरमा गोपाल तामाङ र अजय तामाङ मारिएका हुन् ।

उनीहरुले ज्यामिरे–९ सिन्धुपाल्चोक घर भई काँडाघारीमा खाजा पसल सञ्चालन गर्दै आएकी चमेली खड्कासँग छोराको अपहरण गरेर ४० लाख रुपैयाँ फिरौती माग गरेका थिए ।

धेरै पढिएको